बिएल संवाददाता
रसुवाको चिलिमे हाइड्रोपावरको टनेल क्षेत्रमा फसेकाहरूको रातभर खोजी तथा उद्धारको काम गरिएको छ।
उद्धार टोलीले रातभरी पनि टनेल नजिक जम्मा भएको लेदो, माटो तथा भग्नावशेष हटाउने कामलाई निरन्तरता दिएको हो।
एक्साभेटरलगायतका उपकरण प्रयोग गरी टनेल प्रवेश गर्ने बाटो खुलाउने प्रयास भइरहेको छ। प्रतिकूल अवस्था र ठूलो मात्रामा जम्मा भएको भग्नावशेषका बीच उद्धार टोलीले रातदिन नभनी काम गरिरहेको छ।
उद्धारमा खटिएका रास्वपा सांसद श्रीराम न्यौपानेका अनुसार हेभि मेसिन प्रयोग गरेर सुरुङको ८० मिटर भित्रको भग्नावशेष फालिएको छ। त्यस्तै नेपाली सेनाको टोलीले थप ५० मिटर खनेर भित्र पस्ने काम भएको छ।
सुरुङको माथिल्लो भागमा पानी जमेको भेटिएको न्यौपानेले बताए। पानी पम्प गरेर आजै पावरहाउस क्षेत्रमा पुग्ने लक्ष्य राखिएको उनले बताए।
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया