बिएल संवाददाता
रसुवाको चिलिमे हाइड्रोपावरको टनेल क्षेत्रमा फसेकाहरूको रातभर खोजी तथा उद्धारको काम गरिएको छ।
उद्धार टोलीले रातभरी पनि टनेल नजिक जम्मा भएको लेदो, माटो तथा भग्नावशेष हटाउने कामलाई निरन्तरता दिएको हो।
एक्साभेटरलगायतका उपकरण प्रयोग गरी टनेल प्रवेश गर्ने बाटो खुलाउने प्रयास भइरहेको छ। प्रतिकूल अवस्था र ठूलो मात्रामा जम्मा भएको भग्नावशेषका बीच उद्धार टोलीले रातदिन नभनी काम गरिरहेको छ।
उद्धारमा खटिएका रास्वपा सांसद श्रीराम न्यौपानेका अनुसार हेभि मेसिन प्रयोग गरेर सुरुङको ८० मिटर भित्रको भग्नावशेष फालिएको छ। त्यस्तै नेपाली सेनाको टोलीले थप ५० मिटर खनेर भित्र पस्ने काम भएको छ।
सुरुङको माथिल्लो भागमा पानी जमेको भेटिएको न्यौपानेले बताए। पानी पम्प गरेर आजै पावरहाउस क्षेत्रमा पुग्ने लक्ष्य राखिएको उनले बताए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया