आइतबार, २५ अक्टोबर २०२६

एनपीएल सिजन–३ को विजेता टीमले डेढ करोड पाउने

News Image
• • •

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने भएको छ।

एनपीएलको पूर्व सन्ध्यामा आइतबार नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मलेन आयोजना गर्दै प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने जनाएको हो।

प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो प्रतियोगिता नोभेम्बर २१ सम्म हुनेछ।

प्रतियोगितामा यसअघिका दुवै संस्करण खेलेका आठ टिमको सहभागिता रहनेछ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!