प्रहरीको अनुसन्धान ‘क्लोज’, अदालतको आदेशमा अभियुक्त थुनामा तर शव अझै मुर्दाघरमै

Breaknlinks
Breaknlinks

रूपन्देहीकाे तिलोत्तमा नगरपालिका–५ राधाकृष्ण टाेलकी सीता भण्डारीको शव ३४ दिनसम्मपनि उठ्न सकेको छैन। सीता भण्डारीसँग जोडिएको केसको फाइल प्रहरीले बन्द गरेको केही दिन भइसकेको छ। त्यस्तै प्रहरीले अभियुक्त भनेर अदालतमा पठाएकालाई अदालतको आदेशमा पुर्पक्षको लागि थुनामा पठाएको छ। तर पनि सीताको शव ३४ दिनदेखि अस्पलालको मुर्दाघरमा नै छ।

भदौं २० गते २७ वर्षीया सिता भण्डारी मृत अबस्थामा फेला परेकी थिइन्। त्यसपछि घटना आत्महत्या र हत्याबीचमा नै रुमलिएको थियो। तर प्रहरीको अनुसन्धानले घटना आत्महत्या दुरुत्साहन देखाएको थियो।

प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान सकिएर आत्महत्या दुरुत्साहनमा मृतक सीता भण्डारीका श्रीमान टीका पौडेल, जेठाजु हिर र आमाजु विष्णु पौडेल पुर्पक्षका लागि अदालतले कारागार पठाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए। 

‘हामीले अनुसन्धान गरेर पुर्पक्षका लागि समेत पठायौं। शव उठाउने उहाँहरुको जिम्मेवारी हामीले गर्ने सहयोग गछौं,’ प्रवक्ता थापाले विएल नेपाली सेवासँग भने, ‘उहाँहरुको के समस्या होला त्यो हामीलाई थाहा भएन।’

तर माइतीपक्षले भने शव घरका पक्षले उठाउने भएकाले उनीहरुले चासो नदिएको बताएका छन्। 

‘शव त घरकाले उठाउने हो। हामी त रोहवर मात्रै हो नी, खै प्रहरीले पनि सहयोग गरेको छैन। आफन्तहरुले पनि उठाएका छैनन्,’ मृतक भण्डारीकी आमाले भनिन्।

घटना भएको १७ पछि गएको केन्द्रिय अनुसन्धान व्यूरोको टोलीले आफ्नी छोरी सिता भण्डारीले किन आत्महत्या गरिन् भन्ने विषयमा केहि अनुसन्धान नगरि फर्केको मृतक भण्डारीकी आमाले आरोप लगाएकी छन्। 

उनका अनुसार सीआईबीको टोलीले १७ दिनपछि असोज ६ गतेबाट अनुसन्धान गरेको थियो। १० दिनको अनुसन्धानमा सिआईबीले सुसाइड नोट मात्र फेला पारेको परिवारको दावी छ। 

मृतक सीताको शव भदौं २० गते विहान उनकै घरमा शलले पासो लगाएको अवस्थामा फेला परेको थियो। स्थानियजन प्रतिनिधी र प्रहरीको रोहवर उनको पासो खोलिएको थियो। तर माइतीपक्षले आफुहरु नआइकन नै पासो काटिएकाले शंकास्पदभएको भन्दो आन्दोलन गरेका थिए। 

आन्दोलन गरेको १७ दिनपछि केन्द्रिय अनुसन्धानब्यूरो (सीआईवी)का प्रहरी निरीक्षकको टोलीपुगेपछि माइतीपक्षले आन्दोलन रोकेका थिए तर शवभने उठाएका थिएनन्। 

सीआईबीको टोलीले मोबाइलमा सुसाइड नोट फेला परेपछि अनुसन्धानलाई टुङ्गाएको थियो। 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सुर्यनाराण थापाकाअनुसार सीताले लेखेको सुसाड नोटमा आमालाई सम्बोधन गरेर गहनाको विषयमा लेखेको बताए।

‘उनले आमालाई गहना बुझाइदिनु। अर्को जुनीमा फेरी तपाईँकै काखमा जन्म लिन पाउँ भन्दै लेखेकी थिइन,’ डीएसपी थापाले भने।

प्रकाशित मिति: : 2021-10-11 19:25:00

प्रतिकृया दिनुहोस्