नीतिगतले छेक्न नसकेको ‘लुट’
सुधा अत्रि
स्वे ले (२९) अर्थात् 'क्रान्तिकारी केटी'को सशस्त्र सैन्य समूहभित्र बेग्लै ताैर–तरिका छ। निर्दोष अनुहार तर कडा स्वभाव। सिलिक्क टाँसिएको कपाल। तनक्क परेको खाइँलाग्दो शरीर। सरल जीवनशैली र नम्र बोली उनको सबैभन्दा ठूलो परिचय हो।
जंगलभित्रको प्रशिक्षण मैदानमा प्रायः पुरुषहरूको भीडमा उभिएकी हुन्छिन्– स्वे ले। उनको दृढ संकल्पले सिपाहीको संकेत लगाउन बेरै लाग्दैन। जब उनी सैन्य अभ्यासमा केन्द्रीत हुन्छिन्, तब फरक छाप पार्छिन्।
क्रान्तिको अग्रमोर्चामा खटिएकी उनी बेला–बखत आफ्नो वर्तमान भूमिका बिर्सेर फेरि बनिदिन्छन्, स्कूले शिक्षिका। नबनून् पनि कसरी तीन दशक टेक्नै लागेको युवा उमेर रमाउँदै–रमाउँदै किताब, कलम र चकसँगै बिताइन्।
उनी वर्षदिन अघिसम्म छिन् राज्य (म्यान्मार)को एक माध्यमिक विद्यालयमा पढाउँथिन्। अहिले म्याग्वे क्षेत्रस्थित याउ पिपुल्स डिफेन्स फोर्सको सशस्त्र सैन्य क्याम्पभित्र छिन्।
पिपुल्स डिफेन्स फोर्स म्यान्मारको तानाशाही सैनिक ‘जुन्ता’सँग भिडिरहेको सशस्त्र विद्राेही नागरिक समूह हो। सैनिक ‘कू’यता लाखाैँ म्यान्मालीहरू सरकारी सेनाविरूद्ध युद्ध–मैदानमा उत्रिएका छन्। उनीहरू देशमा पूर्ण प्रजातन्त्र र स्वतन्त्रता चाहान्छन्।
३९ वर्षे स्वे ले म्याग्वे क्षेत्रको गंगाव गाउँमा हुर्किएकी युवती हुन्। उनले छिन् हिल्स् गाउँको सरकारी विद्यालयमा आठ वर्षभन्दा बढी समय बिताएकी थिइन्। उनलाई आफ्नो पेशा सबैभन्दा प्यारो लाग्थ्यो। अझ् भनौं सँगसँगै हुर्के–बढेका कलिला केटाकेटीहरू– जसलाई उनले अहिले पनि उतिकै माया गर्छिन्। मनमा सजाएर राखेकी छिन्।
शिक्षण पेशा छोडेर विद्रोही बन्नु 'क्रान्तिकारी केटी'को रहर होइन। यो उनको बाध्यता हो। १ फेब्रुअरी २०२१ म्यान्मारको ‘जुन्ता’ सैनिकले राज्यसत्ता कब्जा गर्यो। उनले नागरिक अवज्ञा आन्दोलनमा भाग लिइन्। लगतै शिक्षण पेशाबाटै हात झिकेर हजारौं–हजार सरकारी कर्मचारीहरूसँगै सडक प्रर्दशनमा उभिइन्।
उनी ‘जुन्ता’को नाम सुन्यो कि आक्रोषित हुन्छिन्। स्वतन्त्रताको लागि शहीद बन्न तयार छिन्। त्यसैले त जंगलमा विद्राेहीहरू खाेज्दै पुगिन्। जनआन्दोलनमा डटेर लागेकी छिन्। समाजमा झूट फैलाएर सेनाले जनशक्ति निल्नै आटेको उनको गुनासो छ।
‘मैले सैन्य तानाशाहीको अधिनमा रहेर काम गर्न सकिनँ। नागरिक अवज्ञा आन्दोलनमा सहभागी भएँ। किनभने म सत्यको कदर गर्छु,’ पूर्वशिक्षिका स्वे ले भन्छिन्।
म्यान्मारकाे 'जुन्ता' असत्य मात्र होइन, क्रूर पनि छ। एकदिन सरकारी सेनाद्वारा निर्दोष गाउँलेहरू मारिएको आँखैअघि देखिन्। उनी त्यसपछि कुनै कुरा नसाेची गाउँ छोडेर युद्ध मैदानमा होमिन तम्तयार भइन्।
‘मेरा आँखाले यातना दिएर मानिसहरूलाई कुटीकुटी हत्या गरेको हेर्न सकेनन्। किनकि म मानव थिएँ। मैले विद्रोहका लागि सशस्त्र समूहमा लाग्ने सोच बनाएँ। स्कूल छोडेँ अनि जंगल पसेँ। र, मलाई यो पनि थाहा थियो कि– हतियार चलाउन सजिलो छैन,’ उनले भनिन्।
कक्षाकाेठामा राताे कलम समातेर हुर्केका हातहरूले आजभोलि बन्दुक पड्काउँछन्। उनले आफूलाई लडाकूमा परिणत गर्न धेरै कठिनाइहरूको सामना गरिन्। उनी मात्र हाेइन विद्राेही फोर्समा उनीजस्ता कैयाैँ शिक्षिकाहरूले कलम त्यातेर बन्दुक पड्काउँदै हिँडिरहेकी छिन्।
सैन्य तालिमका क्रममा शारीरिक र मानसिक रूपमा परिवर्तित हुनुपर्यो। उनी परिवारबाट पनि टाढिएकी थिइन्। सैन्य प्रशिक्षण पटक्कै सजिलो थिएन। तर सैन्य तानाशाही हटाउन जुनसुकै अवरोध पनि सामना गर्न तयार छिन्।
पिपुल्स डिफेन्स फोर्समा छिर्नका लागि अन्तर्वार्ता पास गर्नुपर्छ। शारीरिक र चिकित्सा परीक्षा दिनुपर्छ। तर नाबालिगहरूलाई भने स्वीकार गरिँदैन। फोर्स जनताको चन्दामा निर्भर छ। यसको आर्थिक स्रोत पनि सीमित छ।
थुप्रै चुनौतीहरू छलेर जनक्रान्तिका विद्राेहकाे मैदानमा उत्रिएको स्वे लेले बताइन्। ‘म राष्ट्रिय एकता सरकारमा विश्वास गर्छु। जनसरकारले जतिसक्दो चाँडो थप हतियार उपलब्ध गराओस्,’ उनले थपिन्, ‘शंका नगरौं, हार नमानौं। युद्धको बाटो रोजेपछि जे पनि हुन सक्छ।’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया