मञ्जुराज गिरी
त्यो सुनसान सडकमा मेरी
बहिनी बिहानै बिहानै स्कुल
पढ्न गइरहदाँ,
सरकार र सरकारी मान्छेका
मान्छेहरू पछि पछि विभिन्न
बहाना बनाएर लागिपरेका हुन्छन्
डर लाग्छ मलाई थाहा छ तिनै
नरपिचास बाट एकदिन मेरी बहिनी
बलात्कृत हुनेछ मलाई थाहा छ सरकार
तर पनि म बोल्दिन किनकि मलाई
थाहा छ म बोलेँभने मलाई कानुन लाग्छ।
आफ्ना सन्तान बिदेशी महंगा
महंगा स्कुलमा भर्ना गरेर गरिब
जनताका छोराछोरीलाई विभिन्न
आश्वासन दिएर पार्टीका झण्डा
बोकाउने नेता मैले देखेकी छु
सरकार तरपनि म बोल्दिन मलाई
थाहा छ म बोलेँभने कानुन लाग्छ।
सडक, खानेपानी,स्वास्थ्य,बिद्युतमा
टलक राम्रो देखिन स्टिकर टाँसेर पैसा
खाने ठेकेदार र कमिसनको आसमा
लाखौं गरिबीको मृत्युको सर्टिफिकेटमा
हस्ताक्षर गर्ने कर्मचारी
मैले देखेकी छु सरकार तरपनि म केही
बोल्दिन किनकि मलाई थाहा छ म
बोलेभने मलाई कानुन लाग्छ
विभिन्न बहानामा पटकपटक घरमा
आउने सहयोगी भावना राखी नजिक
भएका छिमेकीहरू कुनदिन मेरै घर
लुटेर फरार हुनेछन् मलाई थाहा छ
सरकार तरपनि म बोल्दिन मलाई
थाहा छ म बोलेभने मलाई कानुन लाग्छ
भोकमरीले साँझविहान दुई हात जोर्न
धौ धौ परेका गरिब जनता बाट विभिन्न
शिर्षकमा कर असुल गरि महंगा
गाडी चढ्ने देशका विकासप्रेमी नेता
मैले देखेकी छु सरकार तरपनि म
बोल्दिन मलाई थाहा छ म बोलेभने
मलाई कानुन लाग्छ
सबथोक देखेर पनि, सुनेर पनि
भोगेर पनि ,सहेर पनि म केही बोल्दिन
सरकार मलाई थाहा छ म बोलेभने
मलाई कानुन लाग्छ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया