दिगाे
तैंले मन्दिर पस्न
धाराको पानी खान नदिएको
तेरो शास्त्रले पैतालाबाट जन्माएको
त्यही अछुत शुद्र हुँ म
तेरो नाङ्गो शरीर ढाक्ने
तेरो पत्नीले लगाउने तिलहरी
तैंले भात पकाएर खाने कसौंडी
तेरो खुट्टालाई आकार दिने जुत्ता बनाउने
तेरो शिरमा राष्ट्रभक्ति भर्ने, ढाका-टोपी बुन्ने
त्यही कुजात फेसन डिजाइनर हुँ म
तैंले दसैंमा बली चढाउँदा
दसौं दिन अघि देखि
दमाह बजाउने, सनै फुक्ने
संगीतकार हुँ म
अब कान खोलेर सुन
आँखा राता-राता बनाएर पढ
मेरो शरीरमा पनि रातो रगत छ
मैले पनि मुख चलाउन, हात उठाउन
किताब पढ्न,अन्यायविरुद्ध लेख्न जानेको छु
तैंले बन्दुक चलाउन जानेको होलास
मैले बारुद बनाउन जानेको छु
अब खेल्ने छु म पनि सिकार
तेरो सामन्तीहरु बस्ने बाक्लो बस्तीमा
दुधजस्तै सेतो, पानीजस्तै निश्चल
रगतजस्तै रातो, सूर्यजस्तै तातो
अनुहार लिएर आउनेछु
तेरा ती रुढीवादी संस्कारकाविरुद्ध लड्न
तयार भएर बस
हे हिन्दुवादी शास्त्र
मैले सबै बुझिसकेँ
म अछुत जागिसकेँ
सके तेरो शास्त्र च्यात्छु
नसके म ध्वस्त हुन्छु
(रुकुम (पश्चिम)काे आठबिसकोट नगरपालिका वडा न. १० घर भएका लेखक हाल सुर्खेत बहुमुखी क्याम्पस सुर्खेतमा स्नातक तह तेस्रो वर्षमा राजनीतिक शास्त्र अध्य्यन गर्दैछन)
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया