कैलाश पौड्याल
जति पढे पनि थोरै लाग्छ,
जति बढे पनि सानै लाग्छ।
आफन्तको के कुरा गरूँ,
हृदय छोयो—खाली नै लाग्छ।
म भिखारी।
आमाको ममतामा
स्नेहले छोपिएको
त्यो शिक्षार्थमयी कथा,
आज वेदना बोकेर
टुहुरो भई
आँसुको सहारामा हिँड्दैछ—
म भिखारी।
पाइला तान्ने धेरै भए,
स्नेह गर्ने परै गए।
एक्लोपनको क्षितिजमा
आशाको लामो श्वास फेर्दै
उभिएको छु—
म भिखारी।
न कोही साथ भयो,
न केही आश रह्यो।
मान्छेले मान्छेलाई
मान्छे भनेन,
अर्थविहीन ठानी
मान्छे गनेन।
कसरी हिँडूँ?
जताततै शूल छन्।
हाम्रा मान्छे चाम्रा भए,
मुस्काउनु पनि
भूल भयो।
भूगोलको गन्जागोलमा
एउटा हाँसो,
एउटा मुस्कान,
शान्ति र आनन्दको
अन्वेषणमा
रित्तो पाउ नाचिरहेको—
म भिखारी।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया