ईन्द्र रोकाया (डोल्पो)
बजेट, ठेक्का र नियुक्तिमा अझै कमिसन र सेटिङको गन्ध आउँछ,
न्याय र सरुवामा जब सौदाबाजी सुनिन्छ,
तब नागरिकको मनमा आश आशंका उब्जिन्छ।
परिवर्तनका नारा बोक्नेहरू नै कतै आफैं बिचौलिया त बन्दै छैनन्?
आफ्ना र आसेपासेलाई मात्र अवसर मिल्दा
खाडीमा पसिना बगाउने युवाको मन रुन्छ।
ए नेतृत्व वर्ग!
तिम्रै वरिपरि बस्ने विश्वासपात्रहरू,
कतै तिमीलाई नै गुमराहमा त राख्दै छैनन्?
नजिकैका ती अनुहारहरू नै मौका छोपेर
पार्टीको आडमा कमाउधन्दामा लागेका त छैनन्?
चेत खुला राख र चनाखो बन,
बाहिरी विरोधीले त केवल लडाउन खोज्छन्,
तर भित्रै बसेका स्वार्थी र अवसरवादीहरूले
जरा काटेर सिंगो आन्दोलन नै सिध्याइदिन्छन्।
त्यसैले कतै तिमीले बाटो बिराउन त लागेका छैनौ?
शहीदको रगत र जनताको आँसु नबिर्सनु,
नेतृत्व बहकिँदा जनताकाे दण्ड महँगो हुन्छ।
त्यसैले सधैं सजग बन,
निष्ठा र आदर्शको मूल बाटो समातिरहनु,
यावत बेथितिहरू चिर्दै निरन्तर देशकै सेवा रोज।
सजग बन,
समयमै पाइला सच्याउ,
नयाँ आशाहरू कतै निराशामा नबदलिउन्,
र जनविश्वासको यो बलियो जग सधैं सुशासनको बाटोमा मात्र अघि बढोस्!
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया