बिएल संवाददाता
नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार भैरव पुरस्कार गुठीले बुधबार प्रदान गरेको छ।
गुठीले राजधानीमा एक कार्यक्रम गरी अर्यालको नाममा स्थापित तीन पुरस्कार तीन अलग–अलग स्रष्टाहरूलाई प्रदान गरेको हो।
जसअनुसार ०८२ सालको भैरव पुरस्कार भारत–सिलगुढी निवासी वरिष्ठ हास्य व्यङ्ग्यकार कृष्ण प्रधानलाई प्रदान गरिएको छ। यो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैया रहेको छ। भैरव पुरस्कार पहिलो पटक नेपाल बाहिरका स्रष्टालाई समर्पण गरिएको हो।
त्यस्तै १ लाख १ हजार १ सय ११ रुपैया राशिको भैरव वाङ्मय पुरस्कार वरिष्ठ चित्र कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरियो। साथै ५१ हजार १ सय ११ रुपैया राशिको भैरव प्रतिभा पुरस्कार विराटनगर मोरङका विवश पोखरेललाई प्रदान गरियो।
गुठीका अध्यक्ष रोचक घिमिरे, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा. दीपक अर्याल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल लगायतले पुरस्कार प्रदान गरे।
कार्यक्रममा पुरस्कृत स्रष्टाहरूको बारेमा जानकारी गराउँदै साहित्यकारहरू नरनाथ लुईटेल, के.के कर्माचार्य, प्रमोद प्रधान लगायतले नेपाली साहित्यमा भैरव अर्यालको योगदान बारे चर्चा गरे।
कार्यक्रममा साहित्यकारहरू खगेन्द्र संग्रौला, गोविन्द घिमिरे ‘वेदमणि’ले अर्याल नेपाली व्यङ्ग्य साहित्यका अद्धितिय प्रतिभा भएको बताए।
पुरस्कृत स्रष्टाहरूले भैरव अर्यालको नामको पुरस्कार प्राप्त गर्नु आफूहरूका लागि गर्वको विषय भएको बताए। सोही अवसरमा पुरस्कृत स्रष्टा कृष्ण प्रधानको ४२औं कृति ‘पुरस्कार लुड्याउने’को लोर्कापण गरिएको थियो।
गुठीले पुरस्कार प्राप्तकर्ताहरूको नाम छनोट गर्न साहित्यकार वसन्त रिजालको संयोजकत्वमा साहित्यकारद्धय नरेन्द्रराज पौडेल र प्रल्हाद पोखरेल सदस्य रहेको चयन समिति गठन गरेको थियो।
गुठीको आजै सम्पन्न साधारण सभाले वरिष्ठ साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ।
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया