आइतबार, २३ अगस्ट २०२६

पशुपतिनाथ मन्दिरका लागि भारतीय गृहमन्त्रीले पठाए ४० किलो चन्दन

News Image
• • •

भारतीय गृहमन्त्री अमित शाहले पशुपतिनाथ मन्दिरका लागि पठाएको ४० किलो चन्दन आइपुगेको छ।

पुष्य नक्षत्रको अवसर पारेर आफ्ना पूर्व पीए एवं नेपाली कांग्रेसका सांसद सन्दीप रानामार्फत् भारतीय गृहमन्त्री शाहले पशुपतिनाथ मन्दिरका लागि चन्दन पठाएका हुन्।

उक्त चन्दन पशुपतिनाथको नित्य पूजामा प्रयोग गर्ने गरी मन्दिरका मुख्य पुजारी रावल गणेश भट्टको उपस्थितिमा गुठी संस्थानअन्तर्गतको पशुपतिनाथ क्षेत्र विकास कोषको कार्यालयलाई हस्तान्तरण गरिएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!