बिएल संवाददाता
कवि रिमा केसीको कविता–किताब ‘बगावतनामा’ सार्वजनिक भएको छ।
शनिबार काठमाडौँमा एक कार्यक्रमबिच प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, राजनीतिक विश्लेषक तथा लेखक आहुति, निबन्धकार तथा पत्रकार दीपक सापकोटा र कवि लक्ष्मी मालीले किताब सार्वजनिक गरेका हुन्।
संग्रहभित्रका चार भागमा समसामयिक प्रेम, वियोग, आशा, निराशा, सामाजिक न्याय, विद्रोह, आत्मसम्मानलगायत विषयमा लेखिएका चालीस थान कविता समावेश छन्।
कार्यक्रममा कुलपति राईले केसीका कविता कानैछेउ भएर सुसेल्दै बहने हावाजस्तो मिठासपूर्ण भएको बताए। कवि केसीका कविता पाठकीय दृष्टीकोणबाट अब्बल रहेको बताउँदै उनले भने, ‘कविता मूलतः बोध हो, व्याख्या हैन। पाठकीय हो, समालोचकीय होइन । भएको ठाउँमा यस्तो हुनुपथ्र्यो भनेर म कविताको अर्को सिद्धान्त बनाउँदिनँ। यसका लागि कवि केसीका कविता सक्षम छन्।’
सिद्धान्त, शास्त्र र व्याकरणबाट माथि उठेर ‘बगावतनामा’ मा कवि केसीले पददलित मान्छेको चित्कारजस्ता कविता लेखेको राईको भनाइ थियो।
विश्लेषक आहुतिले संग्रहमाथि आलोचनात्मक टिप्पणी गर्दै ‘साहित्य समाजका लागि हुन्छ र साहित्यमा राजनीतिक, सामाजिक तथा वैचारिक दृष्टिकोण आवश्यक हुने’ बताए। उनले मध्यमवर्गले अबको वैचारिकी बोक्न नसक्ने बताउँदै साहित्य श्रमिक वर्गको दृष्टिकोणबाट लेखिनुपर्ने तर्क गरे।
निबन्धकार तथा पत्रकार दीपक सापकोटाले कवि केसी समकालिन कविताको गम्भीर स्वर भएको बताए। ‘कविता सधैँ प्रेमबाट सुरु हुन्छ, तर त्यो प्रेम सधैँ कोमल मात्रै हुँदैन। कहिलेकाहीँ प्रेम प्रश्न हुन्छ, कहिलेकाहीँ अस्वीकार र कहिलेकाहीँ प्रतिरोध। बगावतनामा यही द्वन्द्वात्मक भूमिमा उभिएको किताब हो,’ उनले भने, ‘जहाँ प्रेम र प्रतिरोध एक–अर्काको विकल्प होइनन्, बरु एक–अर्काका गहिरा सम्भावना हुन्।’
‘बगावतनामा’मा सरल, तर बोध–गम्भीर कविताहरू रहेको सापकोटाले बताए।
कवि मालीले केसीका कविता समकालिन कवितामा बहस सिर्जना गर्न सक्षम र अब्बल रहेको बताइन्। ‘कविले समकालीन स्वरमार्फत समाजलाई असल बाटो देखाएकी छिन्,’ मालीले भनिन्।
कार्यक्रममा कविहरू स्वप्निल स्मृति, प्रज्वल अधिकारी, सुरज राना, अस्मिता केसी र मीरा जिएमले ‘बगावतनामा’ भित्रका कविताहरू वाचन गरेका थिए।
प्रकाशन–संस्था इन्डिगो इन्कले प्रकाशन गरेको किताब ‘बगावतनामा’ को मूल्य ५४९ रुपैयाँ रहेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया