बिएल संवाददाता
सर्वोच्चका रजिष्टार मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्तमा सिफारिस
संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीलाई सिफारिस गरेको छ।
शुक्रबार बसेको परिषद्को बैठकले मोरङका कार्कीलाई प्रमुख आयुक्तमा सिफारिस गरेको हो।
कार्की हाल सर्वोच्च अदालतका बहालवाला रजिस्ट्रार हुन्। सरकारी वकिलबाट सुरु गरेका उनले त्यहाँबाटै समूह परिवर्तन गरेर न्याय प्रशासनमा जम्म मारेका थिए।
प्रमुख आयुक्त सिफारिस भएसँगै कार्कीले रजिष्ट्रारबाट राजीनामा दिनुपर्नेछ। राजीनामापछि उनले संसदीय सुनुवाइको सामना गर्नुपर्नेछ। संसदीय समितिले नाम स्वीकृत गरेमा उनी प्रमुख निर्वाचन आयुक्त नियुक्त हुनेछन्।
सिफारिससँगै उनले रजिस्ट्रार पदबाट राजीनामा गरेर संसदीय सुनुवाइको सामना गर्नुपर्नेछ।
त्यस्तै परिषद्को बैठकले पूर्वडीआईजी डा. राजीव सुब्बा र अवकाशप्राप्त सरकारी वकिल गुरु वाग्ले (ओखलढुंगा)लाई निर्वाचन आयुक्तमा सिफारिस गरेको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया