राजकुमार शर्मा
जब तिमीलाई देखें तब एउटा अनौठो आभास भयो,
परिचित मुस्कानमा हराएको एउटा इतिहास रह्यो।
हजारौँको भीडमा पनि तिमीलाई नै रोजे,
तिमीमानै कतै आफ्नै छाया खोजे।
त्यो मुस्कानमा सायद कुनै पुरानो आफ्नोपन थियो,
तिमीलाई हेर्दा लाग्यो, आफ्नै मनको ऐना थियो।
रोक्दा–रोक्दै पनि शब्दहरू मुहान फुटे झैँ बग्न थाले,
मौन बसेका रहरहरू तिम्रै सामीप्यमा जाग्न थाले।
म त एउटा कर्मयोगी, कर्ममा विश्वास राख्ने मान्छे,
भाग्यको खेल भन्दा यथार्थको बाटो नाप्ने मान्छे।
तर तिमीलाई देख्दा मेरो सारा धैर्यता डगमगायो,
मनभित्रको निश्चल प्रेम ओठमा आएर मुस्कुरायो।
लुकाइन मैले केही, सबै कुरा निर्धक्क भनिदिएँ,
मनको सफा पानामा तिम्रो नाम कोरिदिएँ।
न त कुनै सर्त राखें, न त कुनै आसै बोकें,
केवल धड्कनको ढुकढुकीमा तिम्रो नाम रोपें।
त्यही क्षण, त्यही पल तिमीलाई आफ्नो माने
पहिलो भेटमै तिमीलाई आफ्नो सर्वस्व जाने।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया