काठमाडौंमा २०५ सहित मुलुकभर २४ घन्टामा थपिए १०१६, थप सात जनाको मृत्यु

काठमाडौं उपत्यकामा मंगलबार सर्वाधिक २०५ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना कोरोना संक्रमित  थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

पछिल्लो २४ घन्टामा गरिएको १३ हजार ४६१ परीक्षणबाट मुलुकभर १ हजार १६ जना थपिएका हुन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ। संक्रमितमध्ये १७ हजार ५८० जना निको भएर घर फर्किएका छन्। प्रवक्ता गौतमका अनुसार मंगलबारमात्रै कोरोनालाई जितेर ८५ जना घर फर्किएका छन्। 

विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप सात जनाको मृत्यु भएको छ। यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ११४ पुगेको छ।

अहिले देशभरि १०,५६३ जनामा सक्रिय सङ्क्रमण भएको जानकारी मङ्गलवार अपराह्न आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिए।

अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्।

प्रकाशित मिति: : 2020-08-18 16:27:03

प्रतिकृया दिनुहोस्