जुम्ली ठाडीभाका शृङ्खला - भाग तीन खण्ड (क)

नेपथ्यकी गाेइली

Breaknlinks
Breaknlinks

याे कथा दुई खण्डमा प्रकाशन हुनेछ। खण्ड (क)मा पुसे दमाईकाे पारिवारिक वृतान्तदेखि घाेगीसराले जन्माएकी छाेरी गाेइलीकाे न्वारान र पुसे दमाईकाे देहावसानसम्मका दृश्यहरु देख्न सकिनेछ। खण्ड (ख)मा सिंजा राज्यका प्रथम महासामन्त नागराजकाे पालाकाे अन्तरजातीय प्रेम सम्बन्धलाई दर्शाउने काेसिस गरिनेछ। अब चाँडै सुरु हुन्छ गाेइलीकाे कथा खण्ड (क)-

महासामन्त नागराजले स्थापना गरेकाे सिंजा दरबारबाट एक काेष टाढा धाेबीगाड दास गाउँकाे किनारमा पुसे दमाईका छाप्राे छ। डाेले पुन्न भण्डारीले टिठ मानेर जग्गा दिएपछि 'एल' आकारकाे घरमा तीन काेठा बनाएर बस्न थालेकाे तीन पुस्ता भयाे। एउटा भान्सा, अरु सुत्ने र टाला सिउने काेठा। हिउँद घाम लागेकाे बेला पुसे दमाई 'एल' आकारलाई आयताकार बनाउने चाेकमा हाते कल राखेर टाला(लुगा) सिउँथ्याे। सिएका टालाकाे तुर्पाई गर्ने काम उसकी जहान घाेगीसरा गर्थी।

पुसे दमाई जुम्ला तलिचाैरबाट महासामन्तकाे दरबारमा टाला सिउन भनी सिंजा गएकाे थियाे। मिठाे संयाेग भनाैं, त्यहिँ घरबार जाेडेर बस्याे। टाला सिउँदा-सिउँदा घाेगीसराकाे प्रेममा परेर बिहे नै गर्‍याे। सधैँजसाे मागी बिहे गर्ने बाहुन, ठकुरी र दासहरुकाे बीचमा प्रेमकाे दियाे बाल्ने जस उसैले पायाे। त्यसयता प्रेमकाे बीउ राेपिएपछि राति गाेठमा छाेट्या छाेट्टीले खेल लगाएर प्रेमकाे विरुवालाई हराभरा बनाइरहे। पुरै हिउँदमास प्रेमकाे माैसम बनिरहयाे।

उनीहरुका आँसु धाेबीगाड किनार हुँदै हिमा नदीमा मिसिएपछि सिंजाखाेलाकाे माटाेले पुसे दमाईकाे परिवारलाई आफ्नाे मानेकाे थियाे। त्यसकाे तीन महिना कस्सिएर लागेपछि छाप्राे तयार भयाे। र उनीहरु सिंजा धाेबीगाडबासी भए।

पुसे दमाई दरबारमा टाला सिउन गएकाे माैका छाेपि डाेले पुन्न भण्डारीले आफ्ना लागि एक जाेर घरबुनका टाला सिलायाे। ज्याला स्वरुप ठूलाे मन गरेर पुसे दमाईलाई बासकाे व्यवस्था मिलाइदिने उही हाे। उसैले प्रेमकाे पुजारीलाई स्थापित गरायाे। त्यसकाे एक महिनापछि हिउँदकाे चिसाेले दम बढेर उ मर्‍याे। बाबुकाे अन्तिम वाणी सुनेका उसका दुई छाेराले पुसे दमाईलाई एकपटक पनि नमिठाे वचन लाएनन्।

घर लगाउने बेलामा डाेले भण्डारीले दमाईलाई भनेकाे थियाे, 'ताेकन खाना, लाउनकाे हर्ज हुन्यानाई। टाला सिइकन खाइल्लाेछै। लेकपुर मेरा मित छुन्। तीनुकन भुनि काठ ल्याउन लाइदिउला। ताे यतै घर लाईकन बस।'

त्यसबेला पुसे दमाईका आँखाबाट आँसु खसे। उसकी जहान घाेगीसराले पनि खुसीका आँसु सँगै खसालेकी थिई। उनीहरुका आँसु धाेबीगाड किनार हुँदै हिमा नदीमा मिसिएपछि सिंजाखाेलाकाे माटाेले पुसे दमाईकाे परिवारलाई आफ्नाे मानेकाे थियाे। त्यसकाे तीन महिना कस्सिएर लागेपछि छाप्राे तयार भयाे। र उनीहरु सिंजा धाेबीगाडबासी भए।

गएकाे मंसिरमा पुसे दमाई र घाेगीसराले ११ वर्षकी छाेरी ताराकाे कन्यादन गरे। तारा प्रेममा परेपछि उनीहरु विवाह गरिदिन राजी भएका थिए। सिंजा गाेराका दमाई जन्ती लिएर धाेबीगाड पुगेपछि महासामन्त नागराज आफै आएर तामाकाे ताउलाे दाइजाे दिए। छाेरीलाई कन्यादान गरेर पठाउने उसकाे ठूलाे धाेकाे पूरा भयाे।

तारा जन्मेपछि घाेगीसराकाे गर्भ बसेन। उनीहरुले राजा, देउता र वैद्य धाएकै हुन तर अर्को सन्तान भएन। एक छाेराे भएकाे भए आफ्नाे सीप हस्तान्तरण गरि मरेर स्वर्ग जाने पुसे दमाईकाे सपना हकिकतमा बदलिन पाएकाे थिएन।

अर्काे मंसिरमा पुसे दमाईलाई लुड्कुका तुङ्गनाथ पाध्याकाे जेठाे छाेराकाे बिहेमा निम्ताे आयाे। बाजा बजाउन र टाला सिउन भनी। उ तीन दिन उतै बस्याे। घाेगीसरालाई पनि सँगै आउनु भनेका थिए। उसकाे तल्लाे पेट दुखेकाेले जान पाइन।

पुसेले घर छाेडेकाे राती घाेगिसरा सुतिरहेको बेला कसैले जाेडले ढाेका फाेडेर भित्र पस्याे। उ झल्यास्स ब्यूँझी। काे बैरी आयाे भनेर खुब डराई। थर्कमान भई। त्यसबेला उ देउताका धामीभन्दा बढी कापेकी थिई। अँध्यारोमा आउने काे थियाे? उसले ठम्याउन सकिन।

लगत्तै उसकाे मुख बुझियाे। सास थुनियाे। उकुसमुकुस भई। नदी थुनिएर भरिएको पानीकाे तालझैं उसकाे सास भरियाे। उसकाे तल्लाे हडकाे पेटीकाेट र धाेती जबर्जस्ती तानियाे, महाभारतमा द्राैपतीकाे सारी तानिएझैं। त्यसबेला कृष्ण थिए, द्राेपतीकाे लाज बचाउनलाई। तर घाेगीसराकाे केही भएन।  तल्लाे पेट दुखेर गलेकाे जीउमा बल संचित थिएन। उ गली। तल्लो हड नांगै भयाे।

गलेकाे शरीरमाथि जाेड जाेडले हल्लिएकाे जीउ उसले बेहाेस हुनुभन्दा अगाडि चिनी। उ बार्काेटेबाडाकाे ठालु घम्मर बादुरकाे जेठाे छाेराे विजेन्द्र ठकुरी थियाे। बिउँझिदा गलेकाे जीउमा बलात्कारका बाछिटा थिए। उ रातभर राेइरही।

पुसे दमाई तुङ्गनाथ पाध्याका छाेराकाे बिहे सकाएपछि काेसेली लिएर घर फर्कियाे। घरकाे ढाेका खुल्लै थियाे। भित्र पस्नासाथ तीन दिनदेखि खाना, पानी नखाई ओच्छ्यानमै पल्टिएकी घाेगिसराकाे अवस्था देख्दा अत्तालियाे। खुसी हुँदै घर फर्केको उ एक निमेशमै दुखी हुन पुग्याे।

उसले काम गर्न छाेडी। पुसे एक्लैकाे कमाईले खान लाउन पुगेन। सबैतिर हल्ला फैलियो, दमाईकी जाेई गर्भणी छ।

घाेगीसराका ओठ सुकेर कलेटी परेका थिए। ऐया गरेर कराउने बित्तिकै ओठ फुटेर रगत आउँथ्याे। पुसेले के भयाे भनी साेधेकाे जवाफ दिदा अर्काे ठाउँमा फुटेर रगत पुत्पुताउँथ्याे। सबै वृतान्त सुनाउँदासम्म उसकाे ओठबाट रगतकाे मुल फुटेर नाउलाे बनिसकेको थियाे। उसकाे तल्लाे हडबाट बगेकाे रगतकाे खाेला त धाेबीगाडमै मिसिएकाे थियाे। त्यसदिन हिमा नदी रातै भयाे। तल तलका गाउँलेले साेचे, 'न्याउरीगाडमा भुतहरुबीच लडाइँ पर्‍याे। रगतकाे खाेलाे बग्याे।'

घम्मर र उसकाे छाेरा विजेन्द्रले सामन्तका दरबारसम्म पहुँच बनाएका थिए। त्यही आधारमा गाउँका निरीह महिला उपर उसकाे लुटपाट मच्चिरहेकाे थियाे। यस्ताे पावर भएकाे ठकुरी बाबुसाहेबकाे विरुद्ध बाेल्ने आँट पुसे दम्पतीले गरेन। घटना सिल्पट तातेझैं ताते पनि बहुत जल्दी सेलायाे।

त्यस घटना पछि घाेगीसराकाे छुई राेकियाे। भुँडी बढ्याे। खाएपिए जस्ती उसकाे शरीरको ताैल घट्याे। उ झन्झन् कमजोर हुँदै गई। दुब्लाएर सलाईका काँटी जस्ती भई। टाउकाे दुरुस्तै, हडभरी हाड। उसले काम गर्न छाेडी। पुसे एक्लैकाे कमाईले खान लाउन पुगेन। सबैतिर हल्ला फैलियो, दमाईकी जाेई गर्भणी छ। यसअघि वैद्यले पुसेका कारण बच्चा बस्न्यानाई भनेकाे सबैलाई थाहा थियाे। 

घाेगीसरा पेट्या भएकाे कुरा एक कान दुई कान हुँदै मैदानमा पुगेकाे थियाे। वरिपरिका महिलाहरुबाट केरकार सुरु भयाे। घाेगीसराले दु:खद वृतान्त सुनाई पनि। त्यसपछि फेरि तैं चुप मै चुपकाे स्थिति बन्याे। सबै नीगाली झारकाे निगालालेझैं ठिंग उभिएर दृश्य हेरिरहे। तीनका कान फुट्ने गरि उसले विरह नगाएकी हाेइन। तर, अहँ! कसैले सुनेन।

आँङ नागै छ पेट भाेकै छ, खानुनाई खरानी।
हाडछाला करङका माला, यस्तै छ परानी।।

जति पेट बढ्दै गयाे, उति चिन्ता पनि बढ्याे। शरीर झन् सुक्दै गयाे। लेखमैकाे एक्ली सल्ली सुकेझैं घाेगीसरा सुकेपछि उसकाे शरीरकाे चमक पनि घट्दै गयाे। उ प्रयाेगशालामा राखिएकाे अस्तिपञ्जर जस्ती देखिन थाली।

लाग्दै नाै महिनाकाे एक रात सुतिरहेको बेला उसलाई व्यथा लाग्याे। पुसे बिउझँदा उसकाे शरीर लुलाे भइसकेको थियाे। उ हतारहतार वैद्यकाेमा गयाे। रिसाएर आँखा मिच्दै घरकाे ढाेका खाेलेकाे वैद्यले तल्लाे जातकी आइमाईलाई छुदैन भनेर हप्कायाे। उ घर फर्किदा घाेगीसराकाे व्यथा अन्तिम अवस्थामा थियाे। उसले सारा धर्तीकाे बल खिचेर आफ्नाे शरीरमा मिसाएपछि बल्ल बच्चा च्याँच्याँ गरेकाे मसिनो स्वर सुनियाे। पुसेले पहिचान गर्  याे, छाेरी जन्मी। उ खुसी भयाे।

उसले खुसी हुँदै जहानलाई सुनायाे 'हेर त घाेगीसरा, भाउ भइछ। कस्ती राम्मी, ताेई जस्ती छ।' तर घाेगीसरा बेहाेस भइसकेकी थिई। उसकाे शरीरमा मिसिएको बल धरतीले आफ्नाे काबुमा लगिसकेकाे  थियाे। उसले घाेगीसरालाई ओल्ठाई पल्टाई गर्‍याे। शरीर सेताे, फुस्राे भएकाे थियाे। हतपत नाडी छाम्याे, नसा बन्द थिए। छातीमा हात लियाे, सास बन्द थियाे। हतारिएर चामलकाे पीठाे घाेलेर पातलाे पानी जस्ताे बनाई मुखमा हालिदियाे। आधा भित्र गयाे, आधा बाहिर पाेखियाे। उसलाई लाग्याे हिरन हाले। उ मरी।

बायाँ खुट्टाले कल ढलाएर सेरिनै लाग्दा मसिनाे गरि च्याँच्याँ आवाज आयाे। उसले भाउतिर हेर्याे, दुरुस्तै घाेगीसरा देख्याे। लाग्याे, उ यतै छ। उ अर्काे रुपमा अवतार भई आएकी छे।

पुसे दमाईसँग सात जुनी सँगै हुने बाचा गरेर भ्या गरेकी घाेगीसरा आधा बाटाेमै छाेडेर गई, सँधैकाे लागि। भर्खर टिपेकाे भाजी सागका पातजस्ती चम्किली उ कराईमा भुटेपछि स्याउलिएकाे सागझैं अस्ताई।

पुसे दमाईकाे निराशाले चरम रुप लिएपछि उसले सात जुनीकाे बाँकी बाटाे मरेर स्वर्ग पुगी सँगै तय गर्ने निधाे गरि डाेरी तयार गर्  याे। टाला सिउने कलमा दुबै खुट्टा टेक्याे। पासाे बनाएर घाँटीमा लगायाे। बायाँ खुट्टाले कल ढलाएर सेरिनै लाग्दा मसिनाे गरि च्याँच्याँ आवाज आयाे। उसले भाउतिर हेर्याे, दुरुस्तै घाेगीसरा देख्याे। लाग्याे, उ यतै छ। उ अर्काे रुपमा अवतार भई आएकी छे।

कललाई आसन बनाएर उभिएकाे पुसे दमाई घाँटीकाे पासाे थुतेर भुँइमा ओर्लियाे। डाेरी निकालेर कुनामा मिल्कायाे। भाउकन माई खाँयाे, सँगै कसम पनि खायाे, 'अब यै भाउकाे मुख हेरी जाेवन कटाउन्याछु। मेराे छाेराे भुन्या पुनि, छाेरी भुन्या पुनि यहि हाे। छाेराकाे आश मर्‍याे। याे घाेगीसराले मेराे जिम्मामा छाेडेकाे चिनाे हाे। त्यही भएर याे काटीकुटी त्यै जस्ती छ।'

बुुर्बुर कस्तुरी नचाई, उई डाँफेकाे खिल्काे।
मगमग बुकीकाे बास्ना, उई झरनाकाे छिल्काे।।

पुसे दमाईले पाटनका बुकी र अग्ला लेखबाट खसेका झरनामा घाेगीसरा गाेइलीमा प्रतिबिम्बित भइरहेकी  देख्याे। भाउ हेरीकन उसकाे तिर्सना मेटाउन थाल्याे। बहकिन लाग्याे। जिउने उत्कन्ठा बढेर आयाे। नानी भाउ उसकाे आड भराेसा भई। र जिन्दगीकाे आश लागेर आयाे।

मृग जस्तै जिन्दगी याे, कालपुरी मार्काे।
फर्की आउन्या निदाे छैन, जीवन एकै बारकाे।।

एक दिन उ भाउ लिएर तुङ्गनाथ पाध्याकाे घर गयाे। पाध्याले भाउ हेर्‍याे। पुसे आफ्नाे घर आएकाे बेला घाेगीसराकाे बलात्कार भएकाे थाहा पाएकाे थियाे। उसले निराश हुँदै भन्याे, 'मेराे छाेराकाे भ्या तेरी जाेइकाे काल बनि आयाेछ। माेकन पछुतो छ। माेइले क्या गर्नु पड्न्या हाे अप्ठ्यारो नमानी भुन्यै। तेरी छाेरी मेरी पनि भई। याे मेरि नातिनी हाे। एइखाे लाउन, खानकाे जिम्मा मेराे भयाे। ताे केही चिन्ता नमानेस्। एइखाे कन्यादन माे गरुलाँ।' पुसे दमाईले हवस्काे संकेतमा मुन्टाे हल्लायाे।

उसले भाउकाे नाउ के राखेकाे छस् भनी साेध्याे। दमाईले केही नराखेकाे भनेपछि झण्डै वर्षदिन पुग्ने बेला भाउकाे न्वारान गरिदियाे। र भन्याे, 'भाउकाे अनुहारले लक्षिनकी बताइरहेकाे छ। रुप दुनिया माेहित बनाउने खालकाे छ। गहन र तिछ्ण क्षमताकी हुन्याछ। तर्कमा कहिल्यै हार्न्या नाई। राज घरानाकाले पनि यैखन कमजोर आँक्न्यानाई। त्यसैले यइखाे नाउ 'गाेइली' राख्नु। याे लेखमैकाे एक्ली सल्ली हाे। जसलाई पाटनका चराचर र वन्यजन्तुले चैतकाे धुपका बेला शितल छहारीकाे रुपमा पाउनेछन्। वर्षाकाे झरीले भिज्नबाट बच्नेछन्।'

उसले आफ्नाे ज्याेतिष विद्याकाे साहाराले गाेइलीकाे भविष्य हेर्‍याे। पहिलाे पल्ट दमाईकाे काेखबाट जन्मेकी छाेरी मान्ठकाे चिना बनाइयाे। इतिहास रचियाे। छाेरीकाे चिना लेखाउने चलन पनि उसकाे न्वारानबाटै चलेकाे हाे।

अब नानी भाउ गाेइली भन्दा कान ठाडा पार्ने भई। चम्किला गाँजलु आँखा टल्काउने भई। माथितिरकाे गिजामा भर्खर पलाएका अपी र सैपाल हिमालजस्ता सेता दाँत टल्काउने भई। उसकाे हाँसाेमा घाेगिसराकाे हाँसाे प्रतिबिम्बित हुन थाल्छ। पुसे त्यसैत्यसै बहकिन्छ। यसरी नै उसले १० वर्ष कटाउँछ।

उ हरेक दिन बाबुलाई नयाँ-नयाँ कहानी सुनाउन थाली। तुङ्गनाथ पाध्यामार्फत गाेइलीले सुनाएका हरेक कहानी पुसेका लागि नयाँ हुन्छन्।

गाेइली तुङ्गनाथ पाध्याका घरमा पनि सजिलै आउजाउ गर्ने भइसकेकी थिई। उ बाेबलाई हरेक दिन नयाँ नयाँ प्रश्न साेध्थी। जस्ताे कि, 'माँथी डाडाउँदाे मान्ठ कहिलेदेखि बस्न लाग्याका हुन? जिउलाउँदाे मान्ठ क्यालै बस्ताछुन्?' आदि। बुढाे तुङ्गनाथ सिंजा राज्यमा ठकुरी बाबुसाहेब र आफ्ना पुस्ता आउनुभन्दा अगाडि कामी, दमाई, सार्की र पावैहरुकाे बासेबास रहेकाे मिठाे किस्सा सुनाउँछ।

किनभने जिउलाका बस्तीहरु ताल फुटेपछि मात्र बसेका हुन्। संसार डुल्दै हिडेका खसहरुले सिंजा जस्ताे राम्राे ठाउँ अन्त पाएनन्। खसहरुकाे चाकरी गर्दै सल्लाहकारकाे जिम्मेवारी पाएका बाहुनहरु उनीहरुसँगै आएका थिए। त्यसैले जिउलामा बस्ती बस्नुभन्दा पहिला बसेका लेखका बस्ती अनादीकालदेखिका हुन्। जेठा बस्ती कामी, दमाई, सार्की र पावैका हुन्। आजसम्म पनि लेखका बस्तीमा बाहुन, ठकुरीको बसेराे छैन।

याे कुरा टाँठी गाेइलीले बहुत चाँडाे दिमागमा कैद गरि। उ हरेक दिन बाबुलाई नयाँ-नयाँ कहानी सुनाउन थाली। तुङ्गनाथ पाध्यामार्फत गाेइलीले सुनाएका हरेक कहानी पुसेका लागि नयाँ हुन्छन्। उ हरेक दिन नयाँ कुरा सिक्दा कतिबेला उत्साहित हुन्छ, उत्तिखेर उद्दाेलित हुन्छ भने कतिखेर भावुक हुँदै वहकिन्छ। कहिले घाेगीसराकाे याद घाँटीमै आएर अट्किन्छ। हरेक गाउँका बिहेमा बाजासँगै रमाइलाे स्वर निकालेर सारा जगत मनाेरञ्जन दिलाएकाे पुसे आफू भने भावकु भएर घाेगीसराकाे यादमा वहकिन थाल्छ। उसले ठाडी भाका हाल्दा वनपाखाका कस्तुरी, मृग एकाेहाेरिन्छन्।

कति दु:खी कति सुखी, नबास न्याउली चरा।
मनका बैरागीकन, झल्का लगाई खरा।।

उ गाेइली नाचेकाे देख्दा टाला सिउँदा-सिउँदै घाेगीसरासँग पहिलाे पटक जिस्किएकाे सम्झिन्छ। दिमागमा सम्झनाकाे 'ब्ल्याक एन ह्वाइट' रिल घुम्न थाल्छ। पटकपटक हेरेकाे उत्कृष्ट फिल्मका दृश्यहरुझैं घाेगीसरा उसकाे अगलबगलमा घुम्न थाल्छ। घाेगीसरा गुनगुनाएजस्ताे लाग्छ।

मायाले मरनु भैगाे, कैले दर्शन पाउँला?
नसुकाई धुपका दिन, पानी खाने नाउला।।

सम्झनाकाे रिलमा घाेगीसराकाे उपस्थितिले देखिने रुमानी प्रेमकथाहरुमा पनि उ आफ्नै दृश्य देख्छ। आफै पात्र बन्छ। 'लैलाकाे मज्नु' जस्ताे, 'राेमियाेकाे जुलेट' जस्ताे, 'मुनाकाे मदन' जस्ताे। उ नाेष्टाल्जिक हुन्छ। एकाेहाेरिन थाल्छ। दिल खाेलेर गाउँछ। गाेइलीले पुसे दमाई यति विघ्न भावुक भएकाे कहिले देखेकी थिइन्।

व्यास गाउँदा वेदकाे ऋचा, न्याउली गाउँदा गीत।
सम्झी ल्याउँदा मनकाे वैराग, न भाेक न निद।।

उसलाई घाेगिसराले डाकेजस्ताे लाग्छ। गाइरहँदा जवाफ दिएजस्ताे लाग्छ। दिलमा शुल बनी घाेपिएकाे उसकाे स्वर कानमा गुन्जिन थाल्छ। उ ध्यान दिएर सुन्न लाग्छ। उसले छुट भएकाे दिनदेखिकाे एकएक हिसाब गरेझैं मान्छ। लाग्छ, घाेगीसराले स्वर्गमा क्याल्कुलेटर थिचिरहेकी छ। त्यसकाे कटकट आवाज उसकाे नाममा परिरहन्छ। 

लेख फुल्न्या चम्फा फुलकाे, पानी मुनि जरा।
छुट भयाकाे कति भयाे, सम्झु रानी चरा??

उसलाई छुटेपछि भेट्नुपर्छ भन्ने कुरा भुलेझैं लाग्याे। आफूले ठूलाे भुल गरिरहेजस्ताे मान्याे। पश्चाताकाे ओगाे मनमा दनदनी दन्किरहेझैं लाग्याे। उसलाई रिंगटा लाग्याे। सुत्ने काेठाका कलनेर थचक्क बस्याे। दिमागकाे क्याल्कुलेटरले घाेगीसरासँग छुट भयाकाे दिनकाे हिसाब गर्‍याे। अनि जवाफ फर्कायाे।

जुन्ती आया डाेली आया, दमाह गमगमी।
जाँताे रिग्या जस्तै गरी, मन रिग्दाे फनफनी।।

उसले धेरै दिनदेखि गाेइलीले सुनाउने कथामा मन दिएकाे थिएन। गाेइलीले कल चलाउन सिकेपछि उसकाे ध्यान सिउनतिर पनि थिएन। उ रनफनाइरहेकाे थियाे। बाटाे दाेबाटाेमा घाेगीसराकाे नाम लिदै हिड्थ्याे। राती बरबराउन थालेकाे थियाे। जतिबेला पनि उसकाे मुखबाट घाेगीसरा बाहेक अर्काे वाक्य फुट्दैन थियाे। गाउँलेहरु भन्थे, 'पुसे दमाई बाैलायाे!'

'माे धेरै दिन रन्या जाे नाई। अब गाेइली तुम्मी भई। माेकन कहिले क्या हुन्या हाे थाहा नाई। मस्तै दिन भइगया सपनामा घाेगीसरा आयाकी आयै छ। त्यैले माेकना घुइर्‍या जाे मान्नाछु। छाेरीकन अत्तोपत्तो लाया। लाड प्यार गर्‍या। एक्ली हुन नदिया।'

एक दिन बास्पालतिर(सुर्य अस्ताउन लागेकाे बेला) उ जुरुक्क उठ्याे। दायाँबायाँ कतै हेरेन। सरासर तुंङ्गनाथ पाध्याकाे घरतर्फ लाग्याे।  ओटालाेबाटै पाध्यालाई आदेशात्मक शैलीमा बाेलायाे। दैलाे उघारेर हालखबर, सन्चाे, बिसन्चाे साेध्न लागेकाे पध्याका कुरै नसुनी भन्याे, 'माे धेरै दिन रन्या जाे नाई। अब गाेइली तुम्मी भई। माेकन कहिले क्या हुन्या हाे थाहा नाई। मस्तै दिन भइगया सपनामा घाेगीसरा आयाकी आयै छ। त्यैले माेकना घुइर्‍या जाे मान्नाछु। छाेरीकन अत्तोपत्तो लाया। लाड प्यार गर्‍या। एक्ली हुन नदिया।'

पाध्याकाे जावाफ नकुरी उ फर्कियाे। पाध्या हेरेकाे हेर्‍यै भयाे। बाटाेकाे डिलतिर दाउराकाे भल्काे थियाे। त्यहाँबाट माेटाे खर्सुकाे साह्रो डिंलाे समात्याे। घम्मर ठकुरीकाे ओटालाेमा उक्लेर ठूलाे स्वरले करायाे 'बाबुसाहेब बाहिर निस्कि।' 'क्या भयाे? क्या भयाे? या डुम! क्यालै कराउँदाेछै?' उसकाे स्वरभन्दा ठूलाे आवाज आयाे। बम पड्के जस्ताे। विजेन्द्रकाे टाउकाे फुटेर दुई फ्याक भयाे। टाउकाेमा बजारिएकाे खर्सुकाे डिंलाे दुई टुक्रा भयाे।

उ राति अबेर गरि गाेइलीकाे काखनेर आयाे। उसकी आमाकाे दुखान्त सुनायाे। 'सँधै तेरी आमाले घुइर्‍याएकाे जस्ताे मान्नाछु। माे अब न्या बस्न सक्दैन। तेरी आमा भेट्न जान्छु।' गाेइली केही बाेलीन। उ अबेरसम्म सुकसुकाई रही मात्र। पल्लाे कुनामा बिना ओच्छ्यान  बेपर्वाह पल्टेकाे पुसे दमाईले उसकाे सुकसुक आवाज सुन्याे या सुनेन थाहा छैन। तर त्यतिन्जेल उ चिर निद्रामा पुगिसकेकाे थियाे।

प्रकाशित मिति: : 2021-08-28 11:37:00

प्रतिकृया दिनुहोस्