यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
बिएल संवाददाता
काठमाडौं किङ्स-११ ले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेटमा विजयी सुरुवात गरेको छ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार भएको पहिलाे खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ७ विकेटले पराजित गर्दै काठमाडौंले सुखद सुरुवात गरेको हो।
ललितपुरले दिएको १ सय ५८ रनको लक्ष्य काठमाडौंले १४ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो।
काठमाडाैँमकाे जितमा रायन ब्रुल र रहमानउल्लाह गुर्बाजले अर्धशतकीय इनिङ्स खेले। रायनले अविजित रहदै ७३ रन जोडे। गुर्बाजले ५९ रन बनाए। त्यस्तै,राजु रिजाल अविजित १९ रनकाे याेग्दान गरे।
यसअघि पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियाे। उसका लागि पवन सर्राफले अर्धशतकीय इनिङ्स खेल्दै ६१ रन बनाए। उनले ४४ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। योगेन्द्रसिंह कार्कीले ३३, शंकर रानाले १४ रन र भुटानी खेलाडी रनजुङ मिक्यो दोर्जीले अविजित १७ रनको योगदान गरे।
यस जितसँगै काठमाडौंले पहिलो खेलमा २ अंक जोडेको छ।

यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया