बिस्फोटपछि बेरुतमा कोरोना संक्रमितको संख्या बढ्न सक्ने स्वास्थमन्त्रीकाे चिन्ता

लेबनानका स्वास्थ्यमन्त्री हमद हसनले कोरोना भाइरस संक्रमितको संख्या बढ्न सक्ने चेतावनी दिएका छन्।

बेरुतमा भएको शक्तिशाली बिस्फोटपछि स्वास्थ्य सुविधामा निश्चित रुपले दबाब परेको भन्दै उनले कोरोना संक्रमितको संख्या बढ्न सक्ने बताएका हुन्।

राजधानी बेरुतको समुन्द्री तट नजिकैको मंगलबार भएको बिस्फोटमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या १३७ पुगेको छ।  बिस्फोटमा मानवीय क्षति हुनुका साथै केही घर ध्वस्त भएको थियो।  

स्वास्थ्यमन्त्री हसनले भने, ‘घाइतेको सहायता र सुरक्षात्मक आपूर्तिको कमिका कारण कोरोना संक्रमितको संख्या बढ्न सक्ने देखिएको छ।’

उनले कोरोना संक्रमितको उपचारका लागि फिल्ड अस्पतालको प्रबन्ध गरिने बताएका छन्।

प्रकाशित मिति: : 2020-08-07 07:46:33

प्रतिकृया दिनुहोस्