वार्ताका लागि शिक्षकहरू कुर्दै शिक्षामन्त्री, किन भयो ढिलाइ?

फाइल तस्बिर
फाइल तस्बिर

शिक्षामन्त्री रघुजी पन्त र आन्दोलनरत शिक्षकहरूबीच आज साँझ हुने भनिएको वार्ता अझै सुरू हुन सकेको छैन।

मन्त्री पन्त यतिबेला सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षकहरूलाई कुरेर बसिरहेका छन्।

तर शिक्षक महासंघले भने वार्तामा प्रस्तुत गर्ने विषयवस्तु र आवश्यक तयारीसहित  आन्दोलनको समीक्षा आन्तरिक छलफल बोलाएको छ। सोही कारण वार्ताका लागि केही समय ढिलाइ भएको महासंघले जनाएको छ।

सरकार र शिक्षकहरूबीच यसअघि पनि पटक-पटक वार्ता हुँदै आएको छ। तर वार्ता निष्कर्षमा पुग्न सकेको छैन।

प्रकाशित मिति: : 2025-04-29 18:11:00

प्रतिकृया दिनुहोस्