ईपीएल:

ईपीएल: पोखरासँग ललितपुर ९ विकेटले पराजित

Photo: EPL/facebook
Photo: EPL/facebook

चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेटमा पोखरा राइनोजले पहिलो जित निकालेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार भएकाे खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ९ विकेटले पराजित गर्दै पोखराले पहिलो जित निकालेको हो।

ललितपुरले दिएको ५२ रनको लक्ष्य पोखराले ६ ओभर ३ बलमा १ विकेट गुमाएर पूरा गर्‍याे।

पोखराको जितमा रिचार्ड लेभीले अविजित रहदै ३८ रन बनाए। उनले २२ बलमा ५ चौका र १ छक्का प्रहार गरे। त्यस्तै, रित गौतमले १२ तथा साहन अराचिगे १ रनकाे याेगदान गरे। 

ललितपुरका अज्मातुल्लाह ओमार्जाईले १ विकेट लिए। 

वर्षाका कारण मैदान भिजेका कारण ७ ओभरमा झारिएको थियो। जस अनुसार टस हारेर पहिले व्याटिङ गरकाे ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर ५१ रन बनाएको थियो।

ललितपुरका लागि सन्दुन वीराक्कोडीले सर्वाधिक १९ रन बनाए। भने, ओशाडा फर्नान्डोले अविजित १० रन जोडेर अविजित रहे। नारायण जोशी ११ तथा कप्तान कुशल भुर्तेल ३ रन बनाएर आउट भए।

पोखराका नन्दन यादवले ३ विकेट लिए। बिक्रम सोबले २ तथा केस्रिक विलियम्सले १ विकेट लिए।

याे जितसँगै पोखरा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पोखराले २ खेलमा ३ अंक रहेकाे छ। भने, अंक विहीन ललितपुर पुछारमा रहेको छ।

प्रकाशित मिति: : 2021-09-29 14:23:00

प्रतिकृया दिनुहोस्