बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान बनाउने शक्तिहरू एकजुट हुने नाममा ध्रुवीकरण गर्न नहुने प्रष्ट पारेका छन्।
पछिल्लो समय एमाले अध्यक्ष केपी ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रास्वपाविरुद्ध संविधान बनाउने शक्तिहरू एकजुट हुनुपर्ने बताउँदै आएका सन्दर्भमा गगनले त्यतिबेला अस्तित्वमै नरहेको रास्वपालाई अलग राखेर संविधानका नाममा ध्रुवीकरण वा घेराबन्दी गर्न नहुने बताए।
आफ्नो क्रियाशील सदस्यता रहेको काठमाडौं ३० को कांग्रेस वडा कार्यालय पुगेका थापाले भने, ‘मैले पढेँ, सुनेँ संविधान बनाउने शक्तिहरू एकजुट हौँ भन्ने कुरा आइरहेको छ। हिजो हामी को–को मिलेर संविधान बनायौँ, संविधान बनाउने बेलामा हुँदै नभएको शक्तिलाई अलग गरौँ भन्ने कुरा पनि गर्नुहुँदैन। संविधानका नाममा ध्रुवीकरण गर्नु हुँदैन। रास्वपा पनि चाहिन्छ। सबै मिलेर मात्र काम गर्न सकिन्छ। अरू कुरामा प्रतिस्पर्धा गर्ने हो। संविधानको नाममा हामीले घेराबन्दी गर्ने वा कुनै पनि खालको ध्रुवीकरण गर्ने कुरा गर्नु हुँदैन।’
थापाले अब संविधानका नाममा कुनै पनि द्वन्द्व हुन नहुने बताए।
उनले भने, ‘संविधान भनेको कमा, फुलिस्टप पनि परिवर्तन गर्नु हुँदैन भनेर अडिएर बस्ने कुरा पनि होइन। संविधानका आधारभूत कुराहरूलाई जोगाउने हो र हाम्रो अनुभवले जे कुरा सिकाएको छ, कतिपय कुराहरू बदल्नुपर्ने छ।’
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया