शनिबार, १९ सेप्टेम्बर २०२६

५४ वर्षीय ‘रोनाल्डो हात्ती’ करेन्ट लागेर मरेको पुष्टि

News Image
• • •

चितवन राष्ट्रिय निकुञ्जमा क्षेत्रमा बस्दै आएको चर्चित जङ्गली हात्ती रोनाल्डो करेन्ट लागेर मरेको पुष्टि भएको छ।

सन् २००२ देखि निकुञ्ज क्षेत्रमा देखिँदै आएको रोनाल्डो बरण्डाभार वन क्षेत्रकाे बीसहाजारी पाेष्ट नजिक‌ कुमाल तालको छेउमा शनिबार मृत अवस्थामा भेटिएको थियो।

निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको ब्यारेकमा लगेको विद्युतको तारबाट करेन्ट लाग्दा रोनाल्डोको घटनास्थलमा नै मृत्यु भएको थियो।

करिब १५ फिट उचाइबाट लगेको तारसँगै रहेको घाँस तान्दा घाँससँगै तार पनि भुइँमा खसेको भेटिएको छ। घाँससँगै भुइँमा खसेको तार चपाउने क्रममा रोनाल्डोको मुख र जिब्रोमा करेन्ट लागेको थियो। रोनाल्डोलाई पोष्टमार्टम पछि खाल्डो खनेर गाड्ने काम हुँदैछ।

रोनाल्डो चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र विशेषगरी सौराहा र खोरसोर हात्ती प्रजनन तथा तालिम केन्द्र आसपास बस्ने गरेको थियो।

केन्द्रका पोथी हात्तीहरूको प्रजनन जंगली हात्तीबाट नै हुने गरेकाे छ। साैराहाको हात्ती प्रजनन केन्द्रमा मात्रै ५३ वर्षीय रोनाल्डोबाट ३८ वटा छावा जन्मिसकेका थिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!