विशाल केसी
कति दिनसम्म लुकाएर राख्छौँ
तिम्रो मुटुभित्रको मेरो मायालाई
मेरो चाहनालाई
सक्छौँ जति देउ तिमी उसलाई कालापानीको यातना
तर कुनै दिन त्यो प्रचण्ड मायाको ज्वालामुखी फुटेर
तिम्रो अंग–अंगलाई स्पर्श गर्नेछ
'रोहित'ले भने जस्तै
'काश !
मान्छेको मनको तस्विर खिच्ने
मेरो योग्यता कसैले निर्माण गरिदिए हुन्थ्यौँ
तब
हाँस्दै ढुक्क भएर बस्ने थिएँ,
उपरखुट्टी लगाएर'
हो यो साचो हो
तब म पनि तिम्रो मन भित्रको मायालाई जिन्दावाद भन्दै हाँस्ने थिए
तर दुर्भाग्य रह्याे मेरो
कि म तिम्रो मनभित्रको मेरो आक्रोशलाई देख्न सक्दिनँ
त्यहि भएर
सक्छौँ जति कति दिनसम्म लुकाएर राख्छौँ
तिम्रो मुटुभित्रको मेरो मायालाई
मेरो चाहनालाई
म पनि मौन भइ दिन्छु..!
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया