मुक्तक

‘कसैको घरमा मासु त, कसैको घरमा आँशु’

तीजका सबै चिज,अन्तैतिर लाग्न थाले
सॉस्कृतिक गीतहरू डराएर भाग्न थाले
कसैको घरमा मासु त, कसैको घरमा आँशु
फरियाको ठाउँ खोस्दै, जिन्स्पेन्ट जाग्न थाले

हे... बा! धपाउन बाख्रा, खान नदेऊ बालीलाई
काट्ने गर अन्तै गयो खेतको त्यो नालीलाई
सुुगन्धमा मगमगाउने, कता गयो बगैँचा खै?
फिर्ता ल्याउन, जातीयको भेष जोगाउने मालीलाई

रूँदैछ मन, भयमा तन, जताततै फूटेको
तृण तुल्य जलाउँन्, कम्मर कसी जूटेको
तिम्रो स्वरुप, बालख पनि त्रास प्यासमा
ऑखा खोली किन हेर्छौ, राम–रावणले लुटेको

प्रकाशित मिति: : 2024-02-17 07:45:00

प्रतिकृया दिनुहोस्