
अखिल (क्रान्तिकारी)का नवनिर्वाचित पदाधिकारीहरूलाई प्रचण्डको बधाई
बिहीबार बिहान आफ्नै निवास खुमलटारमा नवनिर्वाचित पदाधिकारीहरूलाई बोलाएर बधाई दिएका हुन्। उनले विद्यार्थी नेताहरूले राजनैतिक आन्दोलनको सेवा गर्न सहि ढंगले प्रयोग गर्ने विश्वास व्यक्त गरे। बधाई दिँदै प्रचण्डले भने, ‘आन्तरिक लोकतन्त्रको अभ्यासमार्फत निर्वाचित नौजवान युवाहरूको उर्जा नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि शैक्षिक आन्दोलनको अगुवाई र राजनैतिक आन्दोलनको सेवा गर्न सहि ढंगले प्रयोग हुने विश्वास लिएको छु।’

बिएल संवाददाता - काठमाडौं