शुक्रबार, १५ अगस्ट २०२५

मन्त्रिपरिषद बैठकका १८ निर्णयः भारतमा प्रसारण लाइनको सेयर खरिददेखि अधिकृतको बढुवासम्म

काठमाडौं उपत्यका मुकाम रहनेगरी काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्रका सम्बन्धित मुद्दाको कारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित उपभोक्ता अदालत गठन गर्ने। राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ३ बमोजिमको कार्य गृह मन्त्रालयका सचिवबाट सम्पादन गर्नेगरी अधिकार प्रत्यायोजन गर्ने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गगनको दाबीः कांग्रेस-एमाले सरकारमा अबको तीन वर्ष एउटा पनि काण्ड आउँदैन

उनले वर्तमान सत्ता गठबन्धनले अबको तीन वर्षमा जुनसुकै पार्टीको भएपनि दोषीले सजाय दोषीले सजाय पाउँछ भन्ने स्थापित गर्ने पनि दाबी गरे। ‘कानूनको शासनभन्दा ठूलो कोही छैन। कोही एउटा व्यक्ति आएर सहकारी ठग्छ, कोहीले मान्छेलाई नक्कली बनाएर बाहिर लान्छ, कसैले सार्वजनिक सम्पत्तिको अपचलन गर्छ,’ उनले भने, ‘त्यो मान्छे कांग्रेसको शक्तिशाली पदमा बसेको होस् कि एमालेको। नयाँ होस् कि पुरानो गल्ती गर्ने मान्छेले दण्ड पाउँछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल टेलिकमको प्रभाव घटेजस्तो लाग्योः सञ्चारमन्त्री गुरुङ

नेपाल टेलिकमको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले टेलिकमलाई सुधार र व्यवस्थित गर्नको लागि समिति बनाएको भन्दै समितिले उठाएका मुद्दालाई सम्बोधन गरेर नेपाल दूर सञ्चारहरूलाई व्यवस्थित गर्ने बताए। उनले भने, ‘नेपाल टेलिकमको सुधारमा देखिएका समस्या, कर्मचारीको अवस्था ऐन, कानूनबाट के समस्या भएको छ र कसरी व्यवस्थित गर्ने भनेर एउटा समिति बनाएका छौ। त्यसको प्रतिवेदन आइसकेको छैन। समितिले देखाएको कुराहरूको सम्बोधन गरेर नेपाल दूर सञ्चारहरूलाई व्यवस्थित गर्ने काम यो वर्ष गर्छौ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डको स्वीकारोक्ति- दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयो

आफू चीन भ्रमणमा गएको बेलामा परम्परागत आठवटा नाका खोल्ने समझदारीमा हस्ताक्षर गरिएको र यसले उत्तरी छिमेकीसँगको आवागमन थप सहज बन्ने प्रक्रियाको थालनी गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यसक्रममा आफूले चीनसँग पनि विद्युत ब्यापारको बाटो खोल्ने समझदारीमा हस्ताक्षर गरेको स्मरण गराए।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

कोही बिरामी नहोउन् भनेर सरकारले प्रयास गरिरहेको छः प्रधानमन्त्री ओली

मंगलबार विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले मानव जातिको सुख र समृद्धि सरकारको लक्ष्य भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीको प्रशंसा गर्दै देउवा, भन्छन्- सँगै जेल बसेका हौं, सरकारको स्थायित्व स्पष्ट छ

उनले मुख्य प्रतिस्पर्धी दलसँगै मिलेर सरकार बनाउँनुपर्दा केही समस्या पनि आउनसक्ने हुँदा मिलेर समस्या समाधान गर्दै अगाडि बढ्नुपर्ने बताए। उनले मुलुकमा स्थिरता भयो भने मात्र विकास हुने दाबी गर्दै अहिले हुनुपर्ने जति विकास नभएको पनि बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पछि परेका जातजातिका क्षेत्रमा काम गर्न सभामुखको सुझाव

उनले जातजतिका विशेषताहरूलाई अगाडि लाने काम आदिवासी जनजाति आयोगको पनि भएको बताए। साथै सबै क्षेत्रहरूमा सबै जातिहरूलाई समान अवसर प्रदान गर्न आवश्यक रहेको बताए। उनले सबै जातजातिका संस्कृतिहरूले समाज समृद्ध बनाउनमा मद्दत पुर्‍याउने उल्लेख गर्दै हरेक क्षेत्रमा नेपाललाई अगाडि बढाउनमा आदिवासी जनजाति आयोगको समेत विशेष भूमिका रहने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केबलकार विवाद- गृहमन्त्रीसँग कांग्रेस कोशीका १४ जिल्ला सभापतिको छलफल

गत माघ १२ गते ताप्लेजुङको फुङलिङ नगरपालिका-११, बलुडाँडामा सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडप भएपछि पूर्वी नेपाल तनावग्रस्त बनेको छ। केही सुरक्षाकर्मी र प्रदर्शनकारी घाइतेसमेत भएका थिए। ‘नो-केबलकार’ पक्षले केबलकारको निर्माण तत्काल स्थगित गर्नुपर्ने र पक्राउ परेका आन्दोलनकारीहरूको बिनासर्त रिहाइ गरिनुपर्ने माग राखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तातोपानी कुण्डमा प्रचण्डको मर्निङवाक, बेनिघाट र ढोरपाटनको बाटो बनेकोमा खुशी

तातोपानी कुण्डको सुरक्षामुखी कुरा अर्थात कुण्ड वरपर तटबन्ध गर्नुपर्नेमा आफू प्रधानमन्त्री हुँदा प्रथामिकतामा राखेको उनले जिकिर गरे। यसका लागि पटक पटक बजेट विनियोजन भैसकेको र अहिले १० करोडको टेन्डरको प्रक्रिया भएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज तीन संसदीय समितिको बैठक बस्दै

मंगलबार तीन वटा संसदीय समितिकोे बैठक बस्दैछ।  जसअन्र्तगत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक  दिनको १ बजे बस्दै छ। बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ। यस्तै, विधायन व्यवस्थापन समितिको ४२ औँ बैठक पनि आज बस्दैछ। बैठक दिनको साढे १२ बजे सिंहदरवारमा बस्दैछ

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हामीबीच मतभेद बिर्सेर एकता भयो भने कांग्रेसले बहुमत ल्याउँछ : सभापति देउवा

उनले यो समानुपातिक र समावेशी राजनीति हेर्दा कुनै एउटा पार्टीको बहुमत आउन गाह्रो रहेको भन्दै तैपनि कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको बताए। पार्टीलाई हाक्ने र बनाउने भोलिका नेताहरूको काँधमा धेरै ठूलो जिम्मेवारी आएको उनको भनाई छ।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

हेडक्वार्टर निकट नेतृको जनार्दनलक्षित टिप्पणी- मुसाले तार काटे झैं पार्टीको मेरुदण्ड काट्न खोजे

तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्दा असम्बन्धित मान्छे प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेको थियो। छानबिनका क्रममा सीसीटीभी फुटेज अनुसन्धान गर्दा अर्थ मन्त्रालयले तार मुसाले काटेको जवाफ दिएको थियो। उनले सोही प्रसंगलाई उल्लेख गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘नो-केबलकार’ बन्दले सांसद नै अलपत्र, ९३ मा ४२ मात्रै उपस्थित

प्रदेश सभा सचिवालयका अनुसार प्रदेश सभाका ९३ जना सदस्यमा सोमबारको बैठकमा ४२ जना सदस्य उपस्थित भएका छन्। सोमबारको प्रदेश सभा बैठकमा ‘कोशी प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सभामा पेस भएर सैद्धान्तिक छलफल सुरु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

जनताको माग र आवश्यकता सरकारको पहिलो प्राथमिकतामा : उपप्रधानमन्त्री सिंह

राजनीतिक अस्थिरताका कारण विकासले गति लिन नसकेको भन्दै उपप्रधानमन्त्री सिंहले लामो समयदेखि रोकिएका कामहरू अहिले सुचारु भएको बताए। सरकारका विषयमा विभिन्न व्यक्तिहरूले नकारात्मक टीकाटिप्पणी गरे पनि अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म चल्ने प्रष्ट पारे।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

प्रभु साहको पार्टीका सचिवलाई भित्र्याउँदै प्रचण्ड भन्छन्- माओवादी प्रवेशको लहर चल्यो

उनले पार्टी प्रवेश गर्नेहरूलाई उचित जिम्मेवारी दिएर समाजवाद निर्माणको अभियानमा अघि बढाउने बताए। विचार मिल्ने विभिन्न धारासँग एकताका लागि पनि पहल भइरहेको जानकारी दिंदै उनले यस्ता प्रवेशले एकता र ध्रुवीकरणका लागि दबाब नै पुग्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जब प्रधानमन्त्रीलाई ९ कक्षाका छात्रले सोधे ‘ए प्लस बी’को होल स्क्वायर’को सूत्र…

यस्तैमा कक्षा ९ मा पढ्ने एक विद्यार्थीले गणितको सुत्र सोधेपछि माहोल नै परिवर्तन भयो। ती विद्यार्थीले ‘ए प्लस बी’को होल स्क्वायरको सुत्र सोधेपछि प्रधानमन्त्री नै छक्क परे। तर, उनले विद्यार्थीको प्रश्नको उत्तर सहजै दिए पनि। विद्यार्थीले प्रधानमन्त्रीलाई सोधेका थिए, ‘प्रधानमन्त्रीज्यूलाई मेरो एउटा प्रश्न छ- मलाई गणित विषयको फर्मुलाले कहिलेकाहीँ त टेन्सन नै दिन्छ। तपाईँलाई थाहा छ ‘ए प्लस बी’को होल स्क्वायरको फर्मुला के होला?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केबलकार विवाद समाधानका लागि वार्ता टोली गठन, आन्दोलन रोकेर वार्तामा आउन आग्रह

सरकारले वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्ने भन्दै सहसचिव भट्टराईको संयोजकत्वमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधिसमेत रहेको वार्ता टोली गठन गरिएको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गलत संगतले जीवन नै बर्बाद हुन्छः प्रधानमन्त्री ओली

उनले मौरी र झिंगाको उदाहरण दिँदै मौरीको संगल गरे फूलमा पुगिने तर झिंगाको संगतले फोहोरमा पुर्‍याउँने र अनेक प्रकारका रोग निम्त्याउँने बताए। उनले अरुको लहैलहैमा लागेर निर्णय लिनुभन्दा आफैंले बुझेर निर्णय लिँदा सफल भइने बताए। उनले भने, ‘मौरीको साथ लाग्नुभयो भने फूलमा पुगिन्छ। झिंगाको साथ लाग्नुभयो भने फोहोरमा पुग्नुहुन्छ। मौरीले मह जस्तो औषधी दिन्छ। तर झिँगाको साथ लाग्नुभयो भने अनेक प्रकारका रोग निम्तन्छ। त्यसैले सचेत रहेर काम गर्नोस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले राम्रो काम गरेको भन्नेमा कांग्रेस-एमाले सहमत छन्ः विष्णु पौडेल

उनले वर्तमान सरकारले निक्कै अप्ठ्यारो परिस्थितिमा जिम्मेवारी लिए पनि मुलुकको ओरालो यात्रालाई रोकेर सकारात्मक दिशातर्फ यात्रा अगाडि बढाइरहेको  दाबी गरे। उनले भने, ‘आम नागरिकमा विश्वास र भरोसा जगाउन सक्छौं, देश बन्छ र मेरो भविष्य बन्छ भन्ने विश्वास जगाउन सक्छौं र त्यसखालको अनुकूल आधार निर्माण गर्न सक्छौं भन्ने विश्वास छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सरस्वतीपूजा जीवनलाई उर्जाशील बनाइराख्ने पर्व हो’

राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण र सरस्वतीपूजा जीवनलाई उर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व भएको बताएका छन् ।   सोमबार वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं