बिएल संवाददाता
नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमारसिंह इङ्नामले नेताहरूले बिचौलियाहरूलाई टाउकोमा राख्दा नागरिकहरुले दुःख पाएको बताएका छन्।
शुक्रबार पदभार ग्रहण गर्दै उनले नेताहरूले कमिसन खानको लागि बिचौलियाहरूलाई टाउको वा गोजीमा राखेर हिड्ने गरेकाले नागरिकहरूले दुःख पाएको बताए।
उनले भने, ‘नेपाल पहिलादेखि नै कृषिकर्म गर्दै आएको देश हो। कृषि सहजताका साथ गर्न सक्ने अवस्थामा पनि छौं। तर यसको उपयोग हुन सकेन। यसमा केही दोषहरू छन्। उत्पादन भएको सामानलाई बजारीकरण गर्न सकेनौं। दोस्रो कुरा हामीले बिचौलियाहरूलाई धेरै प्राथमिकता दियौं, नेताहरू पनि आफैं लागे बिचौलियाहरूलाई टाउकोमा राख्न, गोजीमा राखेर हिँडे। कमिसन खानको लागि नेताहरूले बाटो बिराए। यसले गर्दा नागरिकहरूले दुःख पाए।’
यस्तै, उनले कुनै नेतामाथि व्यक्तिगत रुपमा आरोप नलगाएको भन्दै नेताको काम नेतृत्व दिने, जनताको हितको लागि काम गर्ने भएपनि त्यस्तो केही पनि नभएको बताए।
उनले भने, ‘अर्को कुरा देशमा रोजगारीको राम्रो अवसर नभएको हुनाले युवाहरू विदेश गएको र त्यसकारणले पनि जमिनहरू बाझो हुँदै गएको छ। यसमा सबै दोष नेताको छ। मैले कुनै नेतामाथि व्यक्तिगत रुपमा आरोप लगाएको होइन्। नेताको काम नेतृत्व दिने हो जनताको हित कसरी हुन्छ भनेर सोच्ने हो। तर यस्तो कामहरू केही पनि गरेको देखिएन्।’
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
माओवादीका ‘निशान’ मेटाएर रुकुम फर्किएका ‘प्रचण्ड’ पाइलाहरू
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया