बिएल संवाददाता
नेकपा एमाले रुपन्देहीका सचिव एवं सैनामैना नगरपालिकाका पूर्व नगर प्रमुख चित्रबहादुर कार्की राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन्।
भदौ २३ र २४ को जेनजी आन्दोलनमा सरकारी दमन र युवा विद्यार्थीको हत्या गरेको भन्दै एमाले छोडेका कार्की रास्वपा प्रवेश गरेका हुन्।
आइतबार सैनामैनामा वृहत पार्टी प्रवेश कार्यक्रम आयोजना गर्दै कार्कीलाई लगायतलाई रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले, प्रवक्ता मनिस झा लगायतका नेताहरूले पार्टीमा स्वागत गरेका थिए।
कार्कीसहित झन्डै दुई सय जना विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू पार्टी प्रवेश गरेको रास्वपाले दाबी गरेको छ। कार्कीसँगै एमाले प्रदेश सदस्य पदम ज्ञवाली लगायतका नेताहरू रास्वपा प्रवेश गरेका छन्।
कार्की नगर प्रमुख हुँदा रुपन्देहीमा अन्तर पालिका सहकार्यमा फोहोर व्यवस्थापन,अन्तर पालिका सार्वजनिक यातायात, नगर चक्रपथ, बेघरबारलाई आवास, सरकारी विद्यालयमा कम्प्युटर शिक्षा लगायत नमूना काम र अवधारण अघि सारेका थिए।
कार्की एमाले उपाध्यक्ष विष्णु पौडेलका पूर्व स्वकीय सचिव समेत हुन्। गत निर्वाचनमा रास्वपाका उम्मेद्वारलाई हराउँदै पौडेललाई जित दिलाउने उनले महत्वपूर्ण भूमिका खेलेका थिए।
उनले पार्टी छोडेपछि रुपन्देहीमा एमाले कमजोर हुने रास्वपा बलियो शक्तिका रुपमा देखिने विश्लेषण हुन थालेका छन्।
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
माओवादीका ‘निशान’ मेटाएर रुकुम फर्किएका ‘प्रचण्ड’ पाइलाहरू
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया