सोमबार, १५ डिसेम्बर २०२५

एमाले ओलीकै लाइनमा अघि बढ्छ, मुलुक हाँक्नसक्ने नेता उनै हुन्ः महेश बस्नेत

News Image
• • •

नेकपा एमालेका नेता महेश बस्नेतले वर्तमान परिस्थितिमा मुलुक हाँक्नसक्ने नेता केपी ओली मात्र भएको दाबी गरेका छन्।

नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र स्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले आजको एमाले केपी शर्मा ओलीको विचारमै अघि बढ्ने बताए।

उनले भने, ‘यो मुलुकलाई हाँक्न सक्ने नेता हो केपी ओली। आजको एमाले केपी शर्मा ओलीको लाइनमै विचारमै अघि बढ्छ।’

उनले एमाले महाधिवेशनमा जति उपस्थिति थियो त्यति नै काफी रहेको बताए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!