बिएल संवाददाता
नेकपा एमाले रुपन्देहीका सचिव एवं सैनामैना नगरपालिकाका पूर्व नगर प्रमुख चित्रबहादुर कार्की राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन्।
भदौ २३ र २४ को जेनजी आन्दोलनमा सरकारी दमन र युवा विद्यार्थीको हत्या गरेको भन्दै एमाले छोडेका कार्की रास्वपा प्रवेश गरेका हुन्।
रास्वपाले आइतबार सैनामैनामा वृहत पार्टी प्रवेश कार्यक्रम आयोजना गर्दै कार्कीलाई पार्टीमा भित्र्याउँदै छ। उनलाई पार्टी प्रवेश गराउन पार्टी उपसभापति स्वर्णिम वाग्लेलगायत नेताहरू रुपन्देही जानेछन्।
कार्की नगर प्रमुख हुँदा रुपन्देहीमा अन्तर पालिका सहकार्यमा फोहोर व्यवस्थापन,अन्तर पालिका सार्वजनिक यातायात,नगर चक्रपथ, बेघरबारलाई आवास,सरकारी विद्यालयमा कम्प्युटर शिक्षा लगायत नमूना काम र अवधारण अघि सारेका थिए।
कार्की एमाले उपाध्यक्ष विष्णु पौडेलका पूर्व स्वकीय सचिव समेत हुन्। गत निर्वाचनमा रास्वपाका उम्मेद्वारलाई हराउँदै पौडेललाई जित दिलाउने उनले महत्वपूर्ण भूमिका खेलेका थिए।
उनले पार्टी छोडेपछि रुपन्देहीमा एमाले कमजोर हुने रास्वपा बलियो शक्तिका रुपमा देखिने विश्लेषण हुन थालेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया