बिएल संवाददाता
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले पार्टीका नेताहरूलाई भाषण गरेर हिँड्ने मात्रै नभई जनताको घरदैलोमा पुगेर माफी माग्न आग्रह गरेका छन्।
प्रदेश राजधानी वीरेन्द्रनगरमा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै गौतमले देशका ६४ लाख घरमा पुगेर माफी माग्ने र तीन लाख आइटी आर्मी बनाउने बताए।
उनले भने, ‘हाम्रो देशमा अहिले ६४ लाख घर परिवार छन्। यी नै परिवारमा २ करोड ९२ लाख जनसङ्ख्या रहन्छन्। ६४ लाख परिवारमा पुग्नै पर्छ, गएर माफी माग्नै पर्छ।’
विगतमा पटकपटक सत्तामा जाँदा चाहेर पनि धेरै काम गर्न नसकेको भन्दै आत्मालोचना गरेका नेता गौतमले नेपाली कम्युनिष्ट पार्टीले समाजवाद निर्माण गर्न नसके आफूहरू जेलमा कोचिन तयार रहेको बताए।
‘विगतमा म तीन पटक उपप्रधान तथा गृहमन्त्री भएँ। तर नेपाल विकसित हुन सकेन। त्यसैले म आत्मालोचना गर्छु। सरकारमा रहँदा जति गर्नुपर्ने थियो, त्यति मैले गरिन्’ उनले भने ‘हामी सत्तामा हुँदा भनेअनुसार काम गर्न नसकेकै हो। त्यस प्रति हामी आत्मालोचना गर्दछौँ। तपाईंहरूसँग माफी माग्छौ। भविष्यमा त्यो गल्ती नदोहोर्याउने वाचा गर्छौं।’
गौतमले ३ लाख शक्ति भएको आईटी आर्मी बनाएर पार्टीविरुद्ध बोल्नेहरूमाथि प्रहार गर्ने बताए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया