बिएल संवाददाता
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा राजेन्द्रसिंह भण्डारीले पदभार ग्रहण गरेका छन्।
शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त भएका मन्त्री भण्डारीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए लगत्तै उनले मन्त्रालय पुगेर पदवहाली गरेका हुन्।
पदभार ग्रहणपछि उनले जेनजी आन्दोलनमा सहभागी संगठित गिरोहहरूलाई कठोर कारबाही गर्नुपर्ने बताए। आफूसँग सुरक्षा क्षेत्रको अनुभव भएका कारणले पनि गिरोहको जालो तोड्न सकिने उनको विश्वास छ।
त्यस्तै उनी भाषण गर्ने भन्दापनि एक्सनमा उत्रिने उनी बताउँछन्।
उनले भने, ‘जतिपनि संगठित गिरोहहरू छन् तिनीहरूलाई कठोर कारवाही गर्नुपर्छ। यो जालो तोड्नैपर्छ। त्यसमा मेरो अनुभवले काम गर्छ भन्नेमा विश्वास छ। लामो भाषण गरेर भन्दापनि एक्सनमा काम गरेर जनतालाई सुशासनको अनुभूति गराउनुपर्ने छ।’
उनले आन्दोलनमा जेनजीहरूको पीडा जस्तै प्रहरीहरूको पनि भएको कारण सुरक्षा क्षेत्रको आवाजलाई मन्त्रालयमा लैजान आफू चुनिएको बताए।
‘आन्दोलनमा जुन खालको जेनजीहरूको पीडा छ, उत्तिकै प्रहरीहरूको पनि छ। दुईवटै क्षेत्रले ठूलो क्षति व्यहोर्नु परेको छ। त्यसैले सुरक्षा क्षेत्रको आवाजलाई पनि मन्त्रालयमा कसरी लैजान सकिन्छ भनेर भनेर मलाई छनोट गरिएको हुनसक्छ।’
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
माओवादीका ‘निशान’ मेटाएर रुकुम फर्किएका ‘प्रचण्ड’ पाइलाहरू
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया