बिएल संवाददाता
गत भदौमा विधान महाधिवेशनले पारित गरेको पार्टी विधान तीन महिना नबित्दै आफू अनुकुल संशोधन गर्ने अध्यक्ष ओलीको प्रस्ताव ईश्वर समूहले रोकिदिएका छन्।
ओली समूहले राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा बसेको सचिवालय बैठकबाट आफूअनुकुल पदाधिकारी थप्ने गरी विधान संशोधनको तयारी गरेको थियो।
आज बसेको सचिवालय बैठकले विधान संशोधनको कुनै निर्णय नगरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
अब भदौमा पारित विधान अनुसार नै ११औं महाधिवेशनबाट नयाँ केन्द्रीय कमिटी गठन हुने छ।
गत भदौको दोस्रो विधान महाधिवेशनले १९ जना पदाधिकारी घटाएर १५ मा कायम गर्ने निर्णय गरेको छ। अब एमालेको स्थायी कमिटी रहने छैन। कमिटीको संख्या २५१ जना रहनेछ।
बैठकमा सचिव योगश भट्टराईले केन्द्रीय कमिटीमा १५ प्रतिशत युवा सहभागिता गराउने प्रस्ताव गरेका थिए। योगेशको प्रस्ताव ओलीले अस्वीकार गरेका छन्।
यस्तै आजको बैठकले ओली र ईश्वर समूहले ६०/४० को भागबण्डा हुने गरी १०८ जना प्रतिनिधि मनोनयन गरेको छ। सचिवालयले महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आउने र पदेन आयोजकको हैसियत हुन आउनेको ५ प्रतिशत सदस्य मनोनयन गरेको हो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया