बिएल संवाददाता
गत भदौमा विधान महाधिवेशनले पारित गरेको पार्टी विधान तीन महिना नबित्दै आफू अनुकुल संशोधन गर्ने अध्यक्ष ओलीको प्रस्ताव ईश्वर समूहले रोकिदिएका छन्।
ओली समूहले राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा बसेको सचिवालय बैठकबाट आफूअनुकुल पदाधिकारी थप्ने गरी विधान संशोधनको तयारी गरेको थियो।
आज बसेको सचिवालय बैठकले विधान संशोधनको कुनै निर्णय नगरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
अब भदौमा पारित विधान अनुसार नै ११औं महाधिवेशनबाट नयाँ केन्द्रीय कमिटी गठन हुने छ।
गत भदौको दोस्रो विधान महाधिवेशनले १९ जना पदाधिकारी घटाएर १५ मा कायम गर्ने निर्णय गरेको छ। अब एमालेको स्थायी कमिटी रहने छैन। कमिटीको संख्या २५१ जना रहनेछ।
बैठकमा सचिव योगश भट्टराईले केन्द्रीय कमिटीमा १५ प्रतिशत युवा सहभागिता गराउने प्रस्ताव गरेका थिए। योगेशको प्रस्ताव ओलीले अस्वीकार गरेका छन्।
यस्तै आजको बैठकले ओली र ईश्वर समूहले ६०/४० को भागबण्डा हुने गरी १०८ जना प्रतिनिधि मनोनयन गरेको छ। सचिवालयले महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आउने र पदेन आयोजकको हैसियत हुन आउनेको ५ प्रतिशत सदस्य मनोनयन गरेको हो।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया