बिहिबार, ०५ मार्च २०२६

रवि लामिछानेको रिटमा ‘कारण देखाऊ’ आदेश, अब ‘संयुक्त इजलास’मा सुनुवाइ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। मंगलरबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले प्रारम्भिक सुनुवाइपछि विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको हो। त्यस्तै इजलासले लामिछानेको रिट निवेदनलाई संयुक्त इजलासमा पठाउने आदेश गरेको छ। अब लामिछानेको मुद्दा संयुक्त इजलासले हेर्नेछ। संयुक्त मुद्दाको सुनुवाइका लागि अब अर्को पेशी तोकिने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीको विरोध रिजालले सकेनन् सहन, भन्छन्- राजीनामा दिएकी मन्त्रीको देवत्वकरण नगरौं

एक समय केपी ओलीको सबैभन्दा धेरै आलोचना गर्ने संसारकै गफाडी बताउने नेता विष्णु रिजाल आजकल ओलीको चच्चागिरी गरेर नथाक्ने अवस्थामा पुगेका छन्। रिमालले हिजोमात्र राजीनामा दिएकी शिक्षामन्त्री विद्या भट्टराईलाई देवत्वकरण गरिएको भन्दै असन्तुष्टि पोखेका छन्। मन्त्रीले राजीनामा दिएको निहुँमा पद छाडेकी मन्त्रीलाई देवत्वकरण गर्ने र प्रधानमन्त्रीमाथि आक्रमण गरिएको भन्दै उनले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन्। नैतिकता देखाउँदै राजीनामा दिएकी मन्त्रीलाई दानवीकरण गर्दै पद छोड्न बाध्य बनाउने प्रधानमन्त्रीलाई चैं देवत्वकरण गर्ने हेतुले रिजालले मंगलबार सामाजिक सञ्चालमार्फत ओलीको चम्चागिरी दोहोर्‍याएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारतीय उर्जामन्त्री नेपालमा

विद्युत् मन्त्री खट्टरले भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०–१३३–३३ केभी तुम्लिङटार सबस्टेसन, २२०–३३ केभी बानेश्वर सबस्टेसन र २२०–१३३–३३ केभी वसन्तपुर सबस्टेसन संयुक्त रूपमा संखुवासभा तुम्लिङटार सबस्टेसनमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शिक्षामन्त्रीको राजीनामापछि के होला शिक्षक आन्दोलन र राजनीति?

प्रधानमन्त्री आफैले पनि शिक्षक आन्दोलनको खिसिट्युरी गर्दै सार्वजनिक भाषणमै उनीहरूको ‘मजाक’ उडाइरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुशासन आयोग गठन, ओली आफैं अध्यक्ष!

यो आयोगमा अरु १४ सदस्य हुनेछन्। ओलीले त्यसमा अर्थमन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुनमन्त्री, लोकसेवा लगायत आयोगका प्रतिनिधिलगायतका सदस्य राखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ओलीले असहयोग गरेपछि शिक्षामन्त्रीले दिइन् राजीनामा

शिक्षामन्त्री विद्यादेवी भण्डारीले राजीनामा दिएकी छन्। सोमबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट उच्च स्रोतले बतायो। आजै बस्ने मन्त्रिपरिषद बैठकले उनको राजीनामा स्वीकृत गर्ने सम्भावना रहेको स्रोतले बतायो। शिक्षहरूको माग सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओली अनुदार देखिएको र शिक्षा विधेयक पारित गराउँन असहयोग गरेको भन्दै उनी असन्तुष्ट थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेका शिक्षकलाई ओलीको आग्रहः प्रतिगामी तत्वहरू सल्बनाएका बेला आन्दोलन नगर्नुस्, फर्किनुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भन्दै शिक्षकहरूलाई अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन आव्हान गरेका छन्। नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११औं राष्ट्रिय सम्मेलनको आज कीर्तिपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार दमनकारी नभई लोकतान्त्रिक भएकाले ट्रेड युनियनको अधिकारको रक्षासहित पेसागत क्षेत्रका जायज मागलाई सम्बोधन गरिने बताए। ‘विद्यालय शिक्षा विधेयक संसदीय समितिमा विचाराधीन छ। ऐन ल्याउन भनेर यत्रा शिक्षकहरू सकडमा आन्दोलनमा आउनु पर्दैन। भर्ना अभियान सुरु भइसकेको छ। कृपया जानुस्, विद्यालयमा गएर भर्ना गराउनुस्। एसईईको उत्तरपुस्तिका परीक्षण गर्नुस्। एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल गराइएको भन्ने मेरो भनाइले चित्त नदुखाउनुस्। गुणस्तरीय शिक्षाका लागि लाग्नुस्,’ प्रधानमन्त्री ओलीले भने, ‘शिक्षकहरूको आन्दोलनले विद्यार्थी र अभिभावकलाई घाटा छ, शिक्षकहरूलाई लाभ छैन। त्यसकारण अविलम्ब वार्तामा बसेर आन्दोलन अन्त्य गर्नुस्। प्रतिगामी तत्वहरू सल्बनाएका बेला तपाईँहरूले आन्दोलन गर्ने उपयुक्त समय पनि यो होइन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदीय समिति बैठकमा प्रेसलाई ‘प्रवेश निषेध’ गर्न एमाले सांसदको प्रस्ताव

नेकपा एमालेका सांसद रघुजी पन्तले संसदीय समितिको बैठकमा प्रेसलाई प्रवेश निषेध गर्न प्रस्ताव गरेका छन्। सोमबार सिंहदरबारमा प्रतिनिधिसभाअन्तर्गको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको संघीय निजामती विधेयकबारे सहमति जुटाउन गठित उपसमितिको प्रतिवेदनमाथि छलफलमा बोल्दै उनले समितिको काम कारवाहीबारे गलत समाचार प्रकाशन प्रसारण भएको भन्दै प्रेसलाई समिति बैठकमा प्रवेश निषेध गर्नुपर्ने प्रस्ताव राखेका हुन्। उनले भने, ‘यहाँ मिस इन्फर्मेसन हुन थाल्यो। अब अर्को पटक कुन मुख्य सचिव आउँछ? जसले यहाँ बोलेको कुराको फरक व्याख्या भएर बाहिर उसको विरोधमा नारा लाग्न थाल्छ। अनि कुन कर्मचारी आएर यहाँ बोल्छ, हामी जिम्मेवारी हुनुपर्दैन? त्यसैले अन्तर्राष्ट्रिय अभ्यास पनि हेरौं। अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने पनि मिडियाई फुल हाउसमा मात्र प्रवेश हुन्छ। संसदीय समितिको फाइनल रिपोर्ट र निर्णय मात्र प्रेसलाई दिने हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविको मुद्दा हेर्न नमिल्नेमा

भैरहवा कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदनको पेसी आज तोकिएको छ। लामिछानेको निवेदनको पेसी  न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा परेको छ। आइतबार लामिछानेकी पत्नी निकिता पौडेलले रविलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएकी थिइन्। उनको रिट निवेदनमा नेपाल सरकार तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला अदालत रुपन्देही, उच्च अदालत तुलसीपुर बुटवल इजलास, जिल्ला प्रहरी परिसर भद्रकालीलगायतलाई विपक्षी बनाइएको उनका वकिलहरूले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारको प्राथमिकता कर्मचारीको वृत्तिविकासमा हुनुपर्ने मुख्यसचिवकाे भनाइ

यतिबेला संघीय निजामती विधेयकमाथि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको छ।  गएको शुक्रबार कर्मचारी संगठनहरुले ध्यानाकर्षण पत्र बुझाएपछि सांसदहरुले त्यसमाथि छलफल अघि बढाएका छन्।  छलफलका क्रममा सरकारका मुख्यसचिव र मन्त्रालयका सचिवहरूले आआफ्नो धारणा राखे।  बैठकमा अर्थसचिव घनश्याम भुसालले कर्मचारीको उमेर हद ६० वर्ष राख्नुपर्ने सुझाव दिए। उमेर बढाउन हौसाउँदै उनले विधेयकले राज्य सञ्चालनमा सरल हुने बताए। त्यसैगरी, उनले राज्यलाई आर्थिक भार कम हुने विश्वास व्यक्त गरे। मुख्यसचिव अर्यालले भने छलफलमा महत्वपूर्ण विषय उठाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चीनको धम्की :  अमेरिकासँग ब्यापार सम्झौता गर्ने देशले गम्भिर ‘परिणाम’ भोग्नुपर्नेछ

चिनियाँ वस्तुका लागि अमेरिका विश्वको सबैभन्दा ठूलो बजार हो। तर चीन-अमेरिका ब्यापारमा चीन नै अगाडि छ। अमेरिकी बजारमा लगभग १ हजारभन्दा बढी प्रकारका सामानहरू पुग्छन्। तर चिनियाँ बजारमा अमेरिकी सामग्री भने निकै न्यून छ। यसमा ब्यापार घाटा अमेरिकालाई नै छ। गत वर्षमात्रै यी दुई शक्ति राष्ट्रबीच लगभग ५८५ अर्ब डलर बराबरको ब्यापार भएको थियो। त्यसमा चीनले लगभग ४४० अर्बको चिनियाँ बस्तु र सामग्रीहरू अमेरिका पठाउँदा अमेरिकाबाट चीनले भने लगभग १४५ अर्बजतिमात्रै आयात गर्‍यो। यसबाट अमेरिकालाई लगभग २९५ अर्ब डलर ब्यापार घाटा छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ओलीको बोलीः कसैले आएर देश बनाइदिँदैन, आफैं मिलेर गरौं

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि सबै नागरिकले आ-आफ्नो स्थानबाट योगदान गर्नुपर्ने बताएका छन्। पूर्व-पश्चिम राजमार्गको पुल्चोक-गोन्द्राङ खण्ड एसियाली मापदण्डमा निर्माण सम्पन्न भएपछि आयोजित उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सडक निर्माणलाई राष्ट्रिय गौरवको परियोजना ठहर गर्दै यस्ता पूर्वाधारले देशको समग्र विकासमा टेवा पुर्‍याउने बताएका हुन्। उनले भने, ‘अरूले आएर देश बनाइदिँदैन, हामी आफैंले मिलेर देश बनाउनुपर्छ, देश विकासको गति लिएको छ, कतिपय क्षेत्रमा ढिलाइ भए पनि समग्रमा प्रगति उल्लेखनीय छ। हामीले एसियन स्ट्यान्डरको झण्डै ६.०८ किलोमिटर सडक पहिलोपटक निर्माण गरेका छौं, जुन नमुना हो र आगामी दिनमा देशभर यस्ता बाटा विस्तार गरिनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

‘मेरो डान्स र भ्वाइस युनिभर्स’का प्रतियोगीसँग प्रधानमन्त्रीको भेट, आयोजकमाथि यस्तो आरोप

प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला-२ का आयोजक र प्रतियोगीहरूले भेटघाट गरेका छन्। विश्वभर रहेका नेपाली मूलका कलाकारमध्येबाट २३ मुलुकका छानिएका कलाकारसँग प्रधानमन्त्री ओलीले उनीहरूको प्रतिभा र नेपालीपनको एकत्वको भावनाको विस्तारको अभियानमा शुभेच्छासहित भेटघाट गरे। शृङ्खलाका आयोजक र कलाकारहरूलाई प्रधानमन्त्री ओलीले नेपाली कला, साहित्य, संस्कृति, नृत्य, हाउभाउ आदिलाई जीवन्त बनाउन प्रतियोगीहरूको भूमिका रहने बताए। विश्वका जुनसुकै कुनामा रहे पनि नेपालीहरूमा रहने जनेटिक मोमोरीले नेपाली कला, संस्कृतिलाई जीवन्त बनाउने उनको भनाइ थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

४ घण्टा हिरासतमा बिताए, अनि छुटे राप्रपा नेताहरू

आइतबार सिंहदरबारभित्र प्रदर्शन गरेपछि पक्राउ परेका राप्रपाका नेताहरू रिहा भएका छन्। करिब ४ घण्टा प्रहरी हिरासतमा बसेर उनीहरू छुटेका हुन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा केहीबेर थुनिएपछि बाहिर निस्किएका राप्रपा नेताहरूले सिंहदरबारभित्रै सरकारविरुद्ध नाराबाजी गरेका थिए। सो क्रममा अध्यक्ष राजेन्द्र लिङदेन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल लगायत नेताहरू पक्राउ परेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेद्वारा सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका छन्। आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनले आइतबार निवेदन दर्ता गराएका उनका वकिलहरूले बताएका छन्। लामिछानेको रिट निवेदनमा सोमबारलाई पेसी तोकिएको सर्वाेच्च अदालत प्रशासनले जनाएको छ। आफूलाई थुनामा पठाउने उच्च अदालतको बुटवल तुलसीपुर इजलासको आदेशविरुद्ध उनले सर्वाेच्चमा निवेदन दिइसकेका छन्। तर, त्यसमा आदेश आउन ढिला हुने भएपनि उनले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका हुन्। बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतबाट एक करोड रुपैयाँ धरौटीमा छुटेका उनलाई अदालतले थुनामा पठाउने आदेश दिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजावादीप्रति प्रचण्डको कटाक्षः तानाशाहको पक्षमा हुने प्रदर्शन ‘आन्दोलन’ होइन ‘अपराध’ हो

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राजावादीको आन्दोलनलाई अपराधको संज्ञा दिएका छन्। आइतबार विराटनगरमा (हाम्रो मत दैनिक)को वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले तानाशाहका पक्षमा नियोजित ढङ्गले हुने समाज विरोधी कार्यलाई आन्दोलन भन्न नमिल्ने र त्यो अपराध हुने बताएका हुन्। अध्यक्ष प्रचण्डले ठुला दलहरूप्रति जनतामा घृणा नभएको उल्लेख गर्दै त्यसको तथ्य पछिल्ला स्ववियू निर्वाचनदेखि पछिल्ला जुनसुकै निर्वाचनमा आएको परिणामले नै गणतन्त्रवादी शक्तिको पछाडि जनता रहेको स्पष्ट पारेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

एमाले सुदूरपश्चिममा पहिरो, लेखा कमिटी सदस्यसहित ७० नेताहरू भीम रावलको अभियानमा

सुदूरपश्चिम एमालेमा पहिरो जाने क्रम अझै रोकिएको छैन। भीम रावललाई पार्टीबाट निष्कासित गरेपछि सुदूरपश्चिममा सुरु भएको पार्टी परित्याग गर्ने लहर अझै जारी छ। केही दिनअघि मात्र सुदूरपश्चिम एमालेका ७० बढी नेताकार्यकर्ताहरूले पार्टी परित्याग गरी भीम रावलको मातृभूमि जागरण अभियानमा समाहित भएका छन्। गत वैशाख ४ गते एमाले सुदुरपश्चिम प्रदेश लेखा कमिटी सदस्य बालगिरी कुँवरको नेतृत्वमा ७० जनाले सामूहिक रूपमा एमाले परित्याग गरेका हुन्। भीम रावलाई कारबाही गरेयता सुदूरपश्चिमका ३०० बढी नेताहरूले एमाले परित्याग गरिसकेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - सुदूरपश्चिम

पक्राउ पर्नुअघि लिङदेनः सरकार टाढा भयो, जनताका कुरा सुनाउँन नजिकै आयौं

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार जनताबाट झन-झन टाढा हुँदै गएका कारण नजिकै गएर जनताका कुरा सुनाउने उद्देश्यले निषेधित क्षेत्रमा प्रवेश गरेको बताएका छन्। आइतबार सिंहरबारमा गरेको प्रदर्शनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले नागरिकको बोल्न, लेख्न र प्रदर्शन गर्न पाउने अधिकारलाई खुम्च्याउँदै लगेको बताए। उनले भने, ‘सरकारले मानिसको बोल्न पाउने, लेख्न पाउने प्रदर्शन गर्न पाउने अधिकारलाई खुम्च्याउँदै लगेको छ। जनताबाट सरकार झन झन टाढा हुँदै जाने अवस्था सृजना भएको छ। त्यसैले सरकारको नजिकै गएर प्रदर्शन गरेर सुनाउन भनेर निषेधित क्षेत्रमा कार्यक्रम गरेको हौं। सरकारले सुन्नुपर्छ। प्रदर्शनमार्फत देश दुनियाँले सुन्छ, नागरिक अधिकारवादी संघ संस्थाहरूले सुन्छ।’ उनले लोकतन्त्र र गणतन्त्रको नाममा निरङ्कुशता भएको टिप्पणी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिंहदरबारबाट पक्राउ परेका नेताहरूलाई तत्काल रिहा गर्न राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरूलाई तत्काल रिहा गर्न माग गरेको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट पार्टीको आन्तरिक बैठक सकेर कार्यक्रमस्थल बिजुलीबजारतर्फ पैदल जाने क्रममा प्रशासनले अध्यक्ष लिङ्देनसहितका नेताहरूलाई प्रहरीले पक्राउ गरेको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए। लिङदेनसहित उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानबहादुर शाहीलाई सिंहदरबार भित्रै गिरफ्तार गरेको उनले बताए। प्रहरीले उनीहरूलाई काठमाडौं प्रहरी परिसर भद्रकालीमा राखेको छ। शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन कार्यक्रमस्थलतर्फ जाँदै गरेका राप्रपाका अध्यक्ष र नेताहरूलाई अविलम्ब रिहा गर्न उनले माग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजेन्द्र लिङदेनलगायत राप्रपा सांसदहरू सिंहदरबारबाटै पक्राउ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसहित राप्रपा सांसदहरू सिंहदरबारबाटै पक्राउ परेका छन्। सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमै बेहीबेर बन्धक बनेका सांसदहरूलाई प्रहरीले गिरफ्तार गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं