बिएल संवाददाता
विशेष अदालतले नागरिक उड्यन प्राधिकरण (क्यान)का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश डिल्ली रत्न श्रेष्ठको इजलासले अधिकारीलाई धरौटीमा रिहा गर्न आदेश गरेको हो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा मंगलबार थुनछेक बहसपछि इजलासले यस्तो आदेश दिएको हो।
पोखरा प्रकरणमा धरौटीमा रिहा गर्ने आदेश भए पनि अधिकारी थुनामुक्त भने हुने छैनन्। नलिन्चोक हेलिपोर्ट निर्माणमा १३ करोड बढी भ्रष्टाचार गरेको प्रकरणमा अदालतले उनलाई कारागार लगान गरिसकेको छ।
अधिकारीसँगै अर्का प्रतिवादी मुरारी भण्डारीलाई १ लाख धरौटीमा रिहा गर्न आदेश भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंसिर २१ मा अधिकारीलगायत ५ पूर्वमन्त्रीहरूसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया