बिएल संवाददाता
विशेष अदालतले नागरिक उड्यन प्राधिकरण (क्यान)का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश डिल्ली रत्न श्रेष्ठको इजलासले अधिकारीलाई धरौटीमा रिहा गर्न आदेश गरेको हो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा मंगलबार थुनछेक बहसपछि इजलासले यस्तो आदेश दिएको हो।
पोखरा प्रकरणमा धरौटीमा रिहा गर्ने आदेश भए पनि अधिकारी थुनामुक्त भने हुने छैनन्। नलिन्चोक हेलिपोर्ट निर्माणमा १३ करोड बढी भ्रष्टाचार गरेको प्रकरणमा अदालतले उनलाई कारागार लगान गरिसकेको छ।
अधिकारीसँगै अर्का प्रतिवादी मुरारी भण्डारीलाई १ लाख धरौटीमा रिहा गर्न आदेश भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंसिर २१ मा अधिकारीलगायत ५ पूर्वमन्त्रीहरूसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया