बिएल संवाददाता
एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी ओलीले आफूविरुद्ध रिट निवेदन पेश गर्ने कामलाई ‘मनोरोगको द्योतक’ भनेका छन्।
आफूलाई ‘पक्राउ गर्नुपर्ने’ भनी सर्वोच्चमा परेको रिटमा लिखित जवाफ पेस गर्दै ओलीले पक्राउको माग गर्नेहरूलाई ‘मानसिक रोगी’को संज्ञा दिए।
जेनजी आन्दोलनमा सरकारले घातक बल प्रयोग गरी युवाहरूको हत्या गरेको र मुलुकका महत्वपूर्ण संरचनाको संरक्षणका लागि सेना परिचालन नगरि ध्वस्त बनाउन सहयोग गरेको आरोप लगाउँदै ओलीविरुद्ध मुद्धा दर्ता भएको छ। उक्त रिट निवेदन सर्वोच्च अदालतमा विचाराधिन छ।
रिट निवेदनमा राष्ट्रिय सुरक्षा परिषदका तत्कालिन अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्नुपर्ने माग गरिएको छ।
ओलीले लिखित जवाफ पेस गर्दै भनेका छन्, ‘सेना परिचालनको विषयमा जवाफदेही र जिम्मेवारी कानूनले निर्धारण गरेको अवस्थामा असम्बन्धित निकायलाई जिम्मेवार बनाई कारवाही गर्ने वा दोषारोपण गर्ने जस्ता कार्य गर्न र सो को माग गर्नु विपक्षीको मनोरोगको द्योतक भएको स्पष्ट छ।’
ओलीले थपेका छन्, ‘अनावश्यक मनोरोजयुक्त गन्थनको आधारमा म समेत विरुद्धको दायर रिट निवेदन न्यायनिरुपणको योग्य विषय नभएकोले खारेज गरिपाउँ।’
ओलीले सुरक्षा परिषदको अध्यक्षको हैसियतमा सेना परिचालनको विषय कार्यकारिणीको अधिकारक्षेत्र भएकाले अदालतले प्रश्न उठाउन नमिल्ने दाबी गरेका छन्। कार्यकारिणीको अधिकारक्षेत्रको विषय न्यायनिरुपणको विषय नबन्ने उनको दाबी छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया