बिएल संवाददाता
नेकपा (एमाले)का केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरले पार्टी निर्माणमा उर्जावान समय दिएका कार्यकर्ता पाखामा परेको बताएका छन्।
उनले पार्टी निर्माणमा योगदन गर्नेहरू पाखा पारिँदा एमाले अहिलेको संकटमा पुगेको बताए।
अध्यक्ष केपी शर्मा ओली असक्षम रहेको बताउँदै उनले राम्रा र नराम्रा कामको जस र अपजस दुवै ओलीले लिनुपर्ने बताए।
मानन्धरले आन्दोलन र पार्टी नेतृत्व दुवै सच्याउन केन्द्रीय कमिटीमै लिखित रूपमा प्रस्ताव दर्ज गरेको जानकारी दिँदै पार्टी र आन्दोलन फरक कित्तामा पुगेको बताए।
उनले एमालेमा युवा संगठन भए पनि युवा नभएको, किसान संगठन रहेको तर किसान एमालेसँग नभएको बताए। नेतृत्वको नालायकीको कारण कम्युनिष्ट आन्दोलन दुर्घटनाको शिकार भएको बताए।
उनले देश अफ्ठ्यारोमा परिरहेको समयमा नेतृत्व नातावादमा रूमलिएको भन्दै जुन वर्गका लागि काम गर्नुपर्ने भो त्यो हुन नसकेको बताए। पार्टीमा सामूहिकता हराएको बताउँदै मानन्धरले एउटा समूह अहिले पनि महाधिवेशनमा भाडभैलो गर्ने गरी तयारी गरिरहेको बताए।
राजनीतिक दलसम्बन्धी ऐनलाई नै व्यवस्थित गरेर दलहरूलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले दलहरूभित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्ने बताए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया