बिएल संवाददाता
कांग्रेस महामन्त्री गगन थापाको नाम आगामी प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिको बुधबारको बैठकले प्रत्यक्ष निर्वाचनतर्फ महामन्त्री थापाको नाम सर्वसम्मत सिफारिस गरेको क्षेत्रीय सभापति श्यामकृष्ण संगतले बताए।
त्यस्तै समानुपातिकतर्फ ३ जनाको नाम सिफारिस गरिएको छ। राधा घले, नर्मदा पोखरेल र राजन विश्वकर्मा समानुपातिकमा सिफारिस भएका हुन्।
महामन्त्री थापाले यसपटकको निर्वाचनमा क्षेत्र परिवर्तन गर्न लागेको चर्चासमेत चलेको थियो। उनको नाम रोल्पा, धनकुटा र सर्लाही-४ बाट पनि संयुक्त रुपमा सिफारिस भएको थियो।
तर, काठमाडौं-४ बाट एकल सिफारिसमा परेपछि थापा आफ्नै पुरानै क्षेत्रबाट चुनाव लड्ने लगभग पक्का छ। यो क्षेत्रबाट थापा ३ पटक निर्वाचित भइसकेका छन्।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया