बिएल संवाददाता
नेकपा (एमाले)का केन्द्रीय सदस्य अरबिन्द्र सिंहले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई चरिनाङ्गो बनाएको बताएका छन्।
बुधबार एमालेको एघारौं महाधिवेशनका सन्दर्भमा काठमाडौं आयोजित अन्तर संवादमा उनले ओलीले पार्टीलाई चरीनाङ्गो बनाएको बताए।
केन्द्रीय सदस्य सिंहले भदौ २३ र २४ को विध्वंश केपी ओलीकै कारण भएको बताए। उनले पार्टीभित्र अहिले पनि कतिपयले केपी ओली संकटको मोचन गर्ने नेता भन्दै भ्रम बाँड्न लागि परेको बताए।
ओलीकै कारण देशमा बर्बादी निम्तिएको भन्दै सिंहले संकटको कारणलाई नै समाधान जस्तो गरी प्रस्तुत गर्न खोजिनु लजास्पद रहेको टिप्पणी गरे।
उनले एकनाथ ढकालहरू छुट्टै पार्टी भएर पनि एमालेको सांसद हुन मिल्ने पार्टीमा विद्या भण्डारीको सदस्यता रोकेर गल्ती गरिएको बताए। अब एमालेको नेतृत्व फेर्नुको विकल्प नरहेको भन्दै महाधिवेशनका प्रतिनिधिले विवेकपूर्ण निर्णय लिनुपर्ने बताए।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया