बिएल संवाददाता
नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले महाधिवेशनमा भदौ २३ र २४ पछिको परिस्थितिको समिक्षा गर्दै नयाँ दृष्टिकोण तयार गर्नुपर्ने बताएका छन्।
बुधबार एमालेको एघारौँ महाधिवेशनका सन्दर्भमा काठमाडौं आयोजित अन्तरसंवादमा बोल्दै विष्टले पार्टीलाई थप गतिशिल बनाउन आन्तरिक जनवादलाई बलियो बनाउनुपर्ने बताए।
‘लोकतन्त्रमा जनताले जहिल्यै आशा गरिरहने अवस्था हुन्थ्यो तर हामीले दुई कार्यकालको व्यवस्था हटाउँदा त्यसमा पनि समस्या भो। अब हामीले आगामी महाधिवेशनबाट दुई कार्यकालको व्यवस्था पुनः कायम गरेर प्रभावकारी बनाउनुपर्छ। त्यसमा हामी सफल हुनेछौँ। जति धेरै सुशासनमा जोड दिएर सफलता मिल्छ युवा पुस्ताको आकर्षण त्यति नै हुन्छ। दशौँ महाधिवेशनपछिका निर्णय र कामको समिक्षा गर्नुपर्छ,’ उनले भने।
उनले चुनावमा राप्रपासँग गरिएको गठबन्धन र सरकारमा जान कांग्रेस, माओवादी, रास्वपा, राप्रपासहितका दलसँग गरिएको सहकार्य अवसरवादको चरम नमुना भएको जिकिर गरे।
समयले नेतृत्व हस्तान्तरको माग गरिरहेको भन्दै उनले एमालेमा सामूहिक नेतृत्व अहिलेको आवश्यकता रहेको जिकिर गरे।
विष्टले भने, ‘नयाँ पुस्ताले हस्तक्षेप र प्रतिनिधित्व चाहेका छन्। ४० मुनिका तर्फबाट कोटा नै निर्धारण गरेर केन्द्रीय सदस्य बनाउन पहल गरिन्छ। विगतमा महाधिवेशनमा कोही प्राविधिक रूपमा पराजित भए उनीहरूले पनि जिम्मेवारी पाउनेछन्। आग्रह र पूर्वाग्रहको व्यवहार हुनेछैन।’
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया