बिएल संवाददाता
भारतीय गृहमन्त्री अमित साहका पूर्वस्वकीय सचिव सन्दिप राना आगामी प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बन्ने भएका छन्।
कांग्रेसले पाल्पा क्षेत्र नम्बर १ बाट रानाको नाम एकल सिफारिस गरेपछि पछि उनी फागुन २१ मा हुने निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेद्वार बन्ने भएका हुन्।
गत निर्वाचनमा समानुपातिकको बन्दसूचीमा रहेका रानालाई यसपाली प्रत्यक्षमा एकल सिफारिस गरेपछि पाल्पाकै कांग्रेस नेताहरूले विरोध जनाएका छन्। रानालाई टिकट दिने उद्धेश्यले नै नेताहरूसँग छलफल नगरि एकल सिफारिस गरिएको भन्दै उनीहरू असन्तुष्टि छन्।
भारतीय जनता पार्टीसँग निकट मानिने राना उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग सरल पहुँच राख्छन्। भाजपाका नेताहरू नेपाल आएका बेला खटनपटनको जिम्मेवारी रानाले नै लिने गरेका छन्।
राना भारतीय गृहमन्त्री अमित साहका पूर्वस्वकीय सचिव समेत हुन्। लामो समय भारतमा बिताएका उनी विगत ६ वर्षयता भने नेपालमा बस्दै आएका छन्।



‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया