बिएल संवाददाता
— सन्तोषी रावल
नेकपा (एमाले)का नेता तथा महाधिवेशन प्रतिनिधि ठाकुरप्रसाद गैरेले आसन्न महाधिवेशनको मूल एजेन्डा पार्टीको आन्तरिक लोकतन्त्रीकरण, पुस्तान्तरण र समावेशिता हुने बताएका छन्।
उनले महाधिवेशनलाई संगठन सुधार र नेतृत्व पुनर्संरचनाको निर्णायक अवसरका रूपमा व्याख्या गरे। उनका अनुसार २७ गते भक्तपुरको सल्लाघारीमा भव्य उद्घाटन समारोहपछि २८ गतेदेखि भृकुटीमण्डपमा बन्द–सत्र सुरु हुनेछ। बन्द–सत्रमा राजनीतिक प्रतिवेदन, विधान प्रतिवेदन र नयाँ केन्द्रीय कमिटीको निर्वाचन प्रमुख कार्यसूची हुने जानकारी उनले दिए।
गैरेले पार्टीभित्र पुस्तागत जाम हटाउनुपर्ने आवश्यकता दोहोर्याउँदै भने, ‘पूरानो पुस्ताले सम्मानित भूमिकामा बस्ने र दोस्रो–तेस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने वातावरण बनाउनुपर्छ।’
उनका अनुसार पार्टीमा महिला, दलित, जनजाति, पिछडिएको क्षेत्र तथा ४० वर्षमुनिका युवाको सुनिश्चित प्रतिनिधित्व अब वैधानिक रूपमा लागू गर्ने दिशामा छलफल अघि बढेको छ।
यतिबेला देशमा भ्रष्टाचारविरोधी अभियान कमजोर हुन पुगेको उल्लेख गर्दै उनले सुशासन, रोजगार, उत्पादन वृद्धि र आर्थिक रूपान्तरणका प्रश्नहरूलाई महाधिवेशनले प्रमुख एजेन्डा बनाउनुपर्ने बताए।
सरकारले चुनावको लागि आवश्यक शान्ति–सुरक्षा, निष्पक्ष वातावरण र विश्वसनीयता कायम गर्न नसकेको आरोप उनले लगाए।
‘यस अवस्थाका कारण फागुन २१ मा चुनाव सम्भव देखिँदैन,’ उनले टिप्पणी गरे।
गैरेले पार्टीभित्र उठेको सदस्यता नवीकरण–खारेजी सम्बन्धी विवादले पनि महाधिवेशनमा स्पष्ट जवाफ खोज्ने बताए।
उनका अनुसार महाधिवेशनले एमालेको संगठनात्मक रूपान्तरण, आन्तरिक एकता र नेतृत्वगत सहमतिको नयाँ अध्याय तय गर्ने अपेक्षा गरिएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया