बिएल संवाददाता
नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी ओलीसँग आफू पर नभएको स्पष्ट पार्दै एमाले थप बलियो बनेर अघि बढ्नुपर्ने बताएका छन्।
आइतबार भृकुटीमण्डपमा जारी एमाले महाधिवेशनको बन्दसत्र स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अध्यक्ष ओलीसँग आफ्नो राजनीतिक यात्रा एउटै रहेको बताएका हुन्।
उनले भने, ‘केपी शर्मा ओलीबाट पर भएको भए म यहाँ किन हुन्थे र? म यही महाधिवेशनमा छु, उहाँको र मेरो डुङगा एउटै छ। उहाँ डुब्दा म पनि डुब्छु र म डुब्दा उहाँलाई पनि असर पुग्छ।’
चिनजानको प्रसङ्ग उठाउँदै उनले ०४३ सालमै ईश्वर पोख्रेलसँग भेट भएको स्मरण गरे। आफू भूमिगत अवस्थाकै कार्यकर्ता भएको उल्लेख गर्दै उनले एमालेका सबै नेता आफ्ना लागि बराबर रहेको बताए।
‘चिनजानकै कुरा गर्नुहुन्छ भने ०४३ सालमा ईश्वर पोख्रेल भेटेको मान्छे हो नि म,’ उनले थप भने, ‘एमालेका नेता मेरा लागि सबै उस्तै हुन्, बराबर हुन्। म भूमिगत बेलाकै कार्यकर्ता पनि हुँ। त्यसैले मैले कोही नेतालाई सिरानी हालेर अनुचित लाभ उठाएर हिड्नुपर्ने छैन।
उनका अनुसार एमाले पार्टी विधि र प्रक्रियामै अघि बढ्ने परम्परा छ। ‘महाधिवेशन न पहिलो हो न अन्तिम,’ उनले भने, ‘विधि र प्रक्रिया सधैं रहने विषय हुन्।’
उनले महाधिवेशनबाट एमाले अझ सशक्त र एकताबद्ध भएर बाहिरिनु पर्नेमा जोड दिए।
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
माओवादीका ‘निशान’ मेटाएर रुकुम फर्किएका ‘प्रचण्ड’ पाइलाहरू
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया