बिएल संवाददाता
नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य महेश बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर बोहराको सेटिङमा ५ अर्ब घोटाला गर्न लागेको भएको संगीन आरोप लगाएका छन्।
मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै बस्नेतले दुई मन्त्री मिलेर विद्युत परियोजनाहरूमा अनियमितता गर्दै कुलमानलाई चुनावी खर्च जोहो गर्न लागेको गम्भीर आरोप लगाएका हुन्।
रामेश्वर र कुलमानको मिलेमतोमा अर्थ मन्त्रालयको सहमतिमा मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने र यसबाट करिब ५ अर्ब रुपैयाँ संकलन गर्ने योजना रहेको कुलमानको दाबी छ।
उनले भनेका छन्, ‘बिजुलीको आन्तरिक खपत वृद्धि नभएको, भारतीय बजार सुनिश्चित नभएको, रन अफ दि रिभर आयोजनाको अनुपात बढन गई उर्जा सुरक्षामा जोखिम बढेको, सुख्खायाममा बिजुलीको अभाव र बर्षायाममा बिजुली खेर जाने अवस्था सिर्जना भएको र विद्युत प्राधिकरणको वित्तीय अवस्था ठीक नभएकोले ‘टेक अर पे’ मा पिपिए नगर्ने व्यवस्था बजेट वक्तव्य मार्फत अघिल्लो सरकारले गरेको थियो।’
बस्नेत थप्छन्, ‘यो दीर्धकालीन महत्वको नीतिगत निर्णय हो। तर, अहिले प्रवर्धकहरूसँग प्रतिमेगावाट १० लाख उठाउने गरी कुलमान र रामेश्वर खनालको डिजाइनमा ५ हजार मेगावाटको टेक अर पे पीपीए गर्ने प्रस्ताव अर्थ मन्त्रालयको सहमतिमा मन्त्रिपरिषदबाट स्वीकृत गराउने तयारी छ। यसबाट करीब ५ अर्ब अर्थ संकलन र चुनावी खर्च जोहो गर्ने र यो काम फत्ते गरेपछि मात्र मन्त्रीबाट राजीनामा गर्ने कुलमानको योजना छ। यो निर्णयबाट विद्युत प्राधिकरण टाट पल्टने निश्चित छ।’
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया