बिएल संवाददाता
रास्वपा परित्याग गरेकी पूर्वसांसद सुमना श्रेष्ठले कुनै पनि नागरिकले नागरिक भएर बाच्नको लागि राजनीतिक दलको फेर समात्नुपर्ने र कसैको कृपामा बस्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएकी छन्।
बुधबार उज्यालो पार्टी नेपालको औपचारिक घोषणा सभामा बोल्दै उनले नेपालको मुद्दा भ्रष्टाचार, नातावाद र कृपावादलाई पार्टीले मूल मुद्दा बनाएर अगाडि बढ्नुपर्ने बताइन्।
उनले भनिन्, ‘भदौ २३ र २४ गतेको जुन मूल मुद्धा छ त्यसलाई अंगिकार गर्नुहोला। नेपालको मूल मुद्धा भ्रष्टाचार, नातावाद र कृपावाद हो। कुनै पनि नागरिकले नागरिक भएर बाँच्नको लागि कुनै पनि राजनीतिक दलको फेर समात्नुपर्ने, कसैको कृपामा बस्नुपर्ने अवस्थाको अन्त्य यो पार्टीले गरोस्।’
त्यस्तै, उनले आफू अहिले एकताको अभियानमा रहेको बताउँदै एकताको बाटोमा गएर पुराना पार्टीको संस्कारलाई फाल्नको लागि फराकिलो छाती बनाउनुपर्ने धारणा राखिन्। अबको बाटो भनेको सुशासन र विभेदरहित समाज रहेको उनको भनाइ छ।
‘धेरैले सोध्छन् सुमना कहाँ छ? सुमना एकतामा छ। एकता हुनैपर्छ।एकताको बाटोमा गएर यो पुराना पार्टीको संस्कारलाई फाल्नको लागि फराकिलो छाती बनाऔं। अबको बाटो भनेको सुशासनको बाटो हो र विभेदरहित समाज पनि अर्को बाटो हो।’
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया