बिएल संवाददाता
नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद रिमालले लोकतान्त्रिक अभ्यासबाट अघि बढेको पार्टी भएकाले स्वच्छ प्रतिस्पर्धालाई स्वाभाविक मान्नुपर्ने बताएका छन्।
बिहीबार प्रेस चौतारी नेपालद्वारा आयोजित संवाद कार्यक्रममा उनले ११औं महाधिवेशनबाट केपी ओली नै अध्यक्ष बन्ने दावी गर्दै स्वच्छ प्रतिस्पर्धालाई स्वाभाविक मान्नुपर्ने बताए।
ओलीको नेतृत्वमा नभइ काम गर्ने तरिकामा असन्तुष्टि आएको भन्दै विपक्षमा उभिनु उचित नहुने उनको भनाइ छ।
उनले भने, ‘दुई धारको विषयमा चुनाव लडे पनि धार एउटै हुन्छ। किनकी विचार नै फरक छैन। पार्टीभित्र नीतिको प्रश्नमा कुनै विवाद छैन। जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य लिएर हिँडेका छौँ। महाधिवेशनमा केपी ओली नै अध्यक्ष बन्नुहुन्छ। अहिले ओलीको विपक्षमा उभिनुपर्ने कारण म देख्दिनँ। विभिन्न नेताले पदमा उठ्न इच्छा व्यक्त गर्नुभएको छ त्यो पाइन्छ। नेता, नेतृत्व र नीतिमा हाम्रो समस्या होइन। काम गर्ने तरिकामा समस्या हो भन्ने कुरा आउँछ त्यो त उचित होइन।’
त्यस्तै उनले अहिले ११औं महाधिवेशनको संघारमा आइपुग्दा पनि एमालेले बाह्य संकटहरू झेलिरहेको बताए।
अरु पार्टीमा जस्तो लोकप्रिय भन्दा पनि कम्युनिष्ट पार्टीमा नेतृत्व गर्न सक्छ भन्ने विषय एमालेमा स्थापित गर्न खोजिरहेको उनले बताए।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया