शनिबार, ०६ डिसेम्बर २०२५

सुदूरपश्चिममाथि विराटनगरको सानदार जित

News Image
• • •

विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध ६ विकेटको सहज जित निकाल्दै पहिलो क्वालिफायरमा स्थान सुनिश्चित गरेको छ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो।

ओपनरद्वय फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक ब्याटिङप्रेरित विराटनगरले ११.५ ओभरमा ४ विकेट गुमाउँदै ६ विकेटको सहज जित निकालेको हो।

डु प्लेसिस २० बलमा ५० र हिटलेज २७ बलमा ५० रन बनाएर आउट भए। मार्टिन गप्टिल २२ र बसिर अहमद ८ रनमा आउट भए। लोकेश बम ३ र प्रतिश जिसी १३ रनमा अविजित रहे।

बलिङमा सुदूरपश्चिमका अभिनास बोहरा दुई र हर्मित सिंहले एक विकेट लिए।

टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो। सुदूरपश्चिमका लागि आरिफ शेखले अविजित सर्वाधिक ४५ रन बनाए।

विनोद भण्डारी १५, जोश ब्राउन २४, इसान पाण्डे ३८, कप्तान दीपेन्द्रसिंह ऐरी १९ र दीपक बोहरा ३ रनमा आउट भए।

बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। प्रतिश जिसीले दुई तथा बसिर अहमदले एक विकेट लिए।

जितसँगै विराटनगरले प्रतियोगिताको पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग नै भेट पक्का गरेको हो।

सुदूरपश्चिम सात खेलमा १२ अंकसहित शीर्ष स्थानमा रहँदा विराटनगरले १० अंकसहित दोस्रो स्थान हासिल गरेको छ। पहिलो क्वालिफायरमा विराटनगर फेरि सुदूरपश्चिमविरुद्ध खेल्नेछ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!