बिएल संवाददाता
नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता नभएका मेटा(फेसबुक) लगायतका सामाजिक सञ्जाल फेरि बन्द गर्नुपर्ने बताएका छन्।
प्रेस चौतारी नेपालले नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन तथा समसामयिक राष्ट्रिय राजनीतिका सन्दर्भमा गरेको संवाद कार्यक्रममा बोल्दै उनले नेपालमा व्यवसाय गर्ने सबैले नेपालको कानुन मान्नुपर्ने बताएका हुन्।
उनले भने, ‘हाम्रो देशको आफ्नो स्वाधिनता छ। रेगुलेशन अत्यन्तै आवश्यक छ । राष्ट्रिय स्वाधिनतको हिसाबले नेपालमा व्यवसाय गर्न आउने सबैले नेपालमा दर्ता हुनुपर्छ कि पर्दैन? नेपालको संविधान मान्न पर्छ कि पर्दैन? नेपालको कानुन मान्न पर्छ कि पर्दैन? उनीहरू नेपालको संविधान मान्दिन भन्छ, नेपालको कानुन मान्दिनँ भन्छ, बन्दै गरेको कानुनको पनि डिफेम गर्छ। तेरो देशको सरकार गरिब सरकार, सानो देश, भ्रष्टाचार हुने देश भन्छ। हाम्रो आफ्नो स्वाधिनता छैन? आफ्नो स्वाभिमान छैन?’
उनले विदेशी कम्पनीको हेपाहा प्रवृत्तिको आज यो परिस्थितिले गर्दा आफूले फेरि बोल्नुपरेको उनले भने।
‘कुनै न कुनै दिन फेरि यो बन्द गर्नुपर्छ। त्यो आएन भने फेरि रेगुलेसन गर्नुपर्छ। रेगुलेसन त अत्यन्तै आवश्यक छ नि। नेपालीले नेपालमा व्यवसाय गर्दा चिया पसल खोल्दा त सीडीओ कार्यालयमा दर्ता गर्नुपर्छ, उसको कम्पनी, व्यवसाय। त्यत्रो अर्बौं रुपैयाँ व्यवसाय गर्ने त्यो कम्पनी यहाँ दर्ता गर्न पर्दैन भनेर कुन नेपालीले भन्छ? पर्दैन? पर्छ नि।’
गुरुङ सञ्चारमन्त्री भएको बेलामा नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गरिएको थियो। तर जेनजी आन्दोलनका कारण फेरि ती सञ्जालहरू खुला भएका थिए।
उनले सबै मान्छेले राजनीति नै नबुझेको समेत बताए। उनले भने, ‘धेरैले चुनाव हुन्छ, मन्त्री बन्छ, सकिन्छ, यति हो राजनीति भनेर बुझेकोका छन्।’
उपमहासचिव गुरुङले आगामी महाधिवेशनमा आफ्नो दाबी महासचिवमा रहने स्पष्ट पारे। महासचिवमा शंकर पोखरेलले पनि आफ्नो दाबी दोहोर्याएका छन्। स्रोतका अनुसार अध्यक्ष ओली पोखरेललाई उपाध्यक्षमा तानेर गुरुङलाई महासचिव दिएर गुट मिलाउने तयारीमा छन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया