शनिबार, ०६ डिसेम्बर २०२५

कुलमानको पार्टीकी केन्द्रीय सदस्य श्रेष्ठले दिइन् राजीनामा, सरकार एमसीसीको इशारामा चलेको आरोप

News Image
• • •

कुलमान घिसिङको भनिएको उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा दिएकी छन्।

हेटौँडामा अन्यायपूर्ण तरिकाले सडक विस्तार गरिएको भन्दै श्रेष्ठले कुलमानको पार्टीमा बस्न नैतिकताले नदिएको भन्दै राजीनामा घोषणा गरेकी हुन्।

सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गर्दै श्रेष्ठले लेखेकी छन्, ‘म आजदेखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दछु।अरू अभियन्ता साथीहरू के गर्नु हुन्छ? मेरो नैतिकताले दिएन। म हेटौँडा पीडितको साथ छु।’

राजीनामापछि पनि उनले लगातार सरकारविरुद्ध सामाजिक सञ्जालमा लेखिरहेकी छन्। उनले भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङको राजिनामासमेत माग गरेकी छन्।

राजीनामा दिनुको कारणबारे प्रष्ट्याउँदै उनी लेख्छिन्, ‘नैतिकता छ ममा त्यसैले राजिनामा हो। बुझ्न अनुरोध गरें। हस्। मरेका मान्छेहरू बोल्दैनन्। म जिउँदो छु बस्।’

त्यस्तै उनले वर्तमान सरकार नेपालीको नभइ एडीबी र एमसीसीको भएको आरोप लगाएकी छन्। उनले हेडौंडाको सडक विस्तारलाई राज्य आतंकको संज्ञा दिएकी छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!