बिएल संवाददाता
नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले १५औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गरेको हो।
बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यतालिका पेस गर्दै पुस १६ गते वडा अधिवेशन, १७ गते गाउँ–नगर अधिवेशन र पुस १९ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन हुने बताए।
त्यस्तै एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा पुस २१ गते र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन पुस २२ गते हुने भएको छ।
खड्काले पेस गरेको कार्यतालिका अनुसार प्रदेश अधिवेशन पुस २२ र २३ गते हुने भएको छ।
त्यस्तै केन्द्रीय कार्यसमिति बैठकले वर्तमान कार्यसमितिको समयावधि पनि माघसम्मका लागि थप गरेको छ।
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया