बिएल संवाददाता
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आर्थिक विपन्नताका कारण नेपालीहरूले दुःख पाएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले आर्थिक विपन्नताले रोजगारी सिर्जना, बाटो, अस्पताल र विद्यालय निर्माण र सञ्चालनमा समस्या आएको भन्दै नेपालीहरूले पनि दुःख पाएको बताए।
उनले भने, ‘आर्थिक विपन्नताले गर्दा देश विकास हुदैन, रोजगारी हुदैन, बाटोहरु राम्रो बन्दैन, अस्पतालहरू राम्रो बन्दैन, राम्रो सेवा पाइँदैन, विद्यालयहरू सञ्चालन गर्न सकिदैन। यस्ता धेरै कुराहरू आर्थिक विपन्नताले हुन्छ र यसले गर्दा नै नेपालीहरूले दुःख पाएको हो। आर्थिक विपन्नतालाई सम्पन्नतामा कसरी परिणत गर्न सक्छौं भन्ने कुरा बुझ्नको लागि इतिहास पनि हेर्नुपर्ने हुन्छ।’
यस्तै, उनले नेपालमा केही गर्नुपर्यो भने पैसा नै छैन भन्ने कुरा आफू शिक्षामन्त्री भएर मन्त्रालयमा जाँदादेखि रहेको र यो समस्या पहिलैदेखि नै विद्यमान रहेको बताए।
नेपालमा नेपालीहरूले धेरै दुःख पाउनुको कारण पनि नेपालीहरू आफैं भएको पनि उनको भनाइ छ।
उनले भने, ‘नेपालमा नेपालीहरूले धेरै दुःख पाएका छौं। कुनै कुनै नेपालीले सुख पाउनु भएको छ होला। तर अधिकांश नेपालीहरूले दुःख पाएका छन्। त्यसमा हामीले नेपालीकै हात छ। नेपालीकै ढंग नपुगेर दुःख पाएको हो। व्यक्ति विशेष कुरा होइन, सम्पूर्ण नेपाली समाजको ढंग पुगेन।’
उनले देशमा विज्ञान र प्रविधिको विकास नभएको कारण देशको प्रतिभाहरूले नेपालमा अवसर नपाएर विदेशिन पनि बाध्य भएको पनि बताए।
अर्थतन्त्र प्रविधिसँग जोडिएको हुन्छ प्रविधिको विकास नहुँदा अर्थतन्त्र पनि विकास हुन नसकेको पनि उनको भनाइ छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया